जेनजीको आन्दोलन : झापामा दुई जनाको मृत्यु

दमक, २७ भदौं । जेनजीको प्रदर्शनका क्रममा झापामा दुई जनाको मृत्यु भएको छ । बिहीबार घाइते एक जनाको मृत्यु भएसँगै झापामा मृत्यु हुनेको संख्या दुई पुगेको हो।
इलाका प्रहरी कार्यालय विर्तामोड परिसरमा भएको झडपमा परेर घाइते बनेका पाँचथर घर भएर विर्तामोड -१० मा बसोबास गर्दै आएका ३५ वर्षीय कमल भण्डारीको उपचारको क्रममा बिएण्डसी अस्पतालमा मृत्यु भएको हो। उनलाई गोली लागेको थियो।
यसअघि अर्जुनधारा -८ का २८ वर्षका गोपाल सेढाईंको उपचारको क्रममा बिएण्डसी अस्पतालमा नै मृत्यु भएको थियो। यो संगै देशभरि जेनजीको प्रर्दशनमा प्रहरीसंगको झडपमा परेर ३४ जनाले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published.