झापा,१५ भदौं । नेपाल अलैँची व्यवसायी महासंघको पाँचथरका दीपक नेपाल अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । झापाको बिर्तामोडमा शनिबार सम्पन्न महासंघको नवौँ वार्षिक साधारणसभा तथा पाँचौ महाधिवेशनबाट नेपाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
महासंघको बरिष्ठ उपाध्यक्षमा नारान चिमरिया र उपाध्यक्षहरुमा मातृका घिमिरे, सुजित बंसल र कुसुम दाहाल चुनिएका छन् ।यसैगरि, महासचिवमा प्रज्वल बिमली, कोषाध्यक्षमा रामकृष्ण विष्ट, प्रेम राई र संजीव घिमिरे सहसचिवमा चयन भएको नवनिर्वाचित अध्यक्ष नेपालले जानकारी दिए । अध्यक्षको प्रतिस्पर्धामा नेपाल, चिमरिया र ओम विमली रहेका थिए ।
ताप्लेजुङका व्यवसायी बालमणि बराल कोशी प्रदेश संयोजक भएका छन् । महाधिवेशनको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उद्घाटन गरेका थिए । पछिल्ला वर्ष नेपालबाट सबैभन्दा बढी दोस्रो देश निर्यात हुने सूचीमा अलैंची पनि पर्ने गरेको छ । अलैची पूर्वी नाका काँकडभिट्टा नाकाबाट बढी निर्यात हुदैआएको छ ।