उर्लाबारी, १४ भदौ । मोरङको उर्लाबारी–५, अरनिको अस्पतालको शौचालयमा सालनालसहितको नवजात शिशु फेला परेको छ । शिशु जन्माएर आमा भने बेपत्ता भएकी छिन् । शौचालयमा फेला परेको नवजात शिशु प्रहरीको समन्वयमा उद्दार गरी उपचारका लागि दमकस्थित किओच अस्पतालमा पठाइएको छ ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रञ्जन बरालले एन्जल फाउन्डेसन उर्लाबारीको निगरानीमा शिशुको उपचार भइरहेको जानकारी दिए । उनले शिशु जन्माउने आमाको खोजी भइरहेको बताए । घटनाका बारे आवश्यक अनुसन्धान भइरहेको छ, आमा पहिचानको नजिक पुगिसकेको प्रनि बरालले उल्लेख गरे ।