विरिङ पुलमा दुईवटा सवारी जुध्दा एकजनाको मृत्यु , चार घाइते

झापा,१० भदौ । झापाको कन्काई नगरपालिका ८ स्थित विरिङ पुलमा आज राति दुईवटा सवारी साधन एकापसमा जुध्दा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।
दुर्घटनामा परेर मृत्यु हुनेमा भेन चालक शिवसताक्षी -७ बस्ने २९ वर्षीय नवराज बाँस्कोटा रहेको जिल्ल प्रहरी कार्यालय झापाले जनाएको छ । राति ८ः४० बजे बिरिङ पुलस्थित पूर्वपश्चिम राजमार्गमा सुरुङ्गाबाट बिर्तामोडतर्फ आउँदै गरेको मे १ च ५४४६ नम्बरको पिकअप र बिपरित दिशाबाट जाँदै गरेको मे १ च ३४४० नं को मारुती भेन एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो । दुर्घटनामा भेन चालक बाँस्कोटालाई उद्धार गरी बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाएकोमा डाक्टरले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको थियो ।
सोही भेनमा सवार शिबसताक्षी -७ बस्ने ४० वर्षीय पृथ्बीनाथ साह, उनकी श्रीमती ३७ वर्षीया पुनमदेबी साह , छोरा १४ वर्षीय प्रसन्न साह , छोरी ९ वर्षीया प्रन्सा साह घाइते भएका छन् । चारैजना घाइतेको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । पिकअप चालक धनकुटा महालक्ष्मी- ८ बस्ने २४ वर्षीय सुमन पौडेल र दुबै सवारी साधनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published.