धनकुटा ,२५ साउन । धनकुटा नगरपालिका–८, स्थित टेकुनालामा पिकअप दुर्घटनामा घाइते हुनेको सङ्ख्या २१ पुगेको छ । टेकुनालाबाट बजारतर्फ आउँदै गरेको को.२ च.२३०९ नम्बरको पिकअप आइतवार बिहान करिब साढे १० बजे दुर्घटना भएको हो ।
घाइते हुनेहरुमा धनकुटा -८ बस्ने १४ वर्षीया सविना डङ्गोल ,६४ वर्षीय चन्द्रभक्त डङ्गोल, टेकनाला बस्ने ३५ वर्षीय हरिबहादुर डङ्गोल, धनकुटा नगरपालिका–७, बस्ने ६२ वर्षीय गुणराज श्रेष्ठ, धनकुटा नगरपालिका–८ बस्ने ७२ वर्षीय मोहन डङ्गोल, सोही स्थान बस्ने ४५ वर्षीया रेणुका राई, धनकुटा–७ बस्ने २७ वर्षीया म श्रेष्ठ र ३८ वर्षीय जितबहादुर राई रहेका जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिए ।
यस्तै साँघुरीगढी गाउँपालिका–१, बस्ने १६ वर्षीया निशु लिम्बू, धनकुटा–८, बस्ने १५ वर्षीया रिमा डङ्गोल, धनकुटा–७ बस्ने २२ वर्षीय राजन राई, सहीदभूमि गाउँपालिका ४ बस्ने २४ वर्षीय अतिस राई, छथरजोरपाटी गाउँपालिका–६ बस्ने २४ वर्षीय प्रकाश श्रेष्ठ, धनकुटा–८ बस्ने १८ वर्षीय रोजिन डङ्गोल, धनकुटा मूलघाट बस्ने १२ वर्षीया रोनिया श्रेष्ठ, धनकुटा–८ बस्ने ५६ वर्षीय रमेश कर्मचार्य, छथरजोरपाटी गाउँपालिका–६ सिँधुवा बस्ने १६ वर्षीय शिव श्रेष्ठ, धनकुटा–८ बस्ने १४ वर्षीया सविना डङ्गोल, धनकुटा मूलघाट बस्ने १५ वर्षीया रोनिता श्रेष्ठ, धनकुटा–८ बस्ने १७ वर्षीया रिमा डङ्गोल र सोही ठाउँ बस्ने १३ वर्षीया रितेश डङ्गोल रहेका छन् ।
घाइते हुनेहरुलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल धनकुटा ल्याइएको थियो । उनीहरुको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको क्षेत्रीले जानकारी दिए ।
घाइते हुनेहरुमध्ये तीनको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई थप उपचारका लागि धरानस्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाइएको प्रहरीले जनाएको छ । उनका अनुसार दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको छ ।