कांग्रेस निकट झापा ५ का तामाङहरु संगठित

दमक,१० साउन । नेपाली कांग्रेस निकट झापा क्षेत्र न. ५ का तामाङहरु संगठित भएका छन् । दमकमा आज भएको संघको प्रथम अधिबेनले नेपाल तामाङ संघ क्षेत्रीय समितिसहित प्रदेशसभा (क) र (ख) र दमक नगर समिति गठन गरिएको हो ।

संघको झापा क्षेत्र नं ५ क्षेत्रीय समितिको सभापतिमा बलराम तामाङ , सचिवमा सुमितकुमार तामाङ रहेको क्षेत्रीय समिति गठन गरेको छ । त्यसैगरि, प्रदेश (क ) समितिको सभापतिमा राम तामाङ, सचिवमा चन्द्र बहादुर तामाङ र प्रदेश (ख) समितिको सभापतिमा समीर स्याङदाङ, सचिवमा दिल तामाङ लगायत चुनिएका छन् ।
यसैगरि, बिक्रम तामाङ सभापति र सचिवमा कौशिला तामाङ रहेको नेपाल तामाङ संघ दमक नगर समिति गठन गरिएको संघका झापा जिल्ला सदस्य राजेन्द्र तामाङले जानकारी दिए ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य महेन्द्रकुमारी लिम्बूको प्रमुख आतिथ्यतामा भएको संघको अधिबेशन उद्घाटनमा नेपाल तामाङ संघ कोशी प्रदेश उपसभापति पदम तामाङ , कांग्रेस प्रदेश (ख) का सभापति रबि केसी लगायतको उपस्थिति रहेको थियो ।
यसैगरि ,अधिबेशन उद्घाटनमा कांग्रेस झापा जिल्ला सदस्य राजु तामाङ नेपाल तामाङ संघ झापा जिल्ला सदस्य राजेन्द्र तामाङ गोले , नेपाल तामाङ संघ झापा जिल्ला सदस्य सुरेन तामाङ थिङ, नेपाल गोर्खा भुपु सैनिक संघ केन्द्रीय सदस्य गोपाल तामाङ, नेपाली कांग्रेस दमक ९ सभापति युवराज कोइराला, नेपाली कांग्रेस कमल ६ सभापति रोसन दाहाल , नेपाल विद्यार्थी संघ दमक बहुमुखी क्याम्पस इकाई सभापति सुनिल राई , स्वबियू सदस्य सुमित कुमार तामाङ , नेपाल विद्यार्थी संघ दमक नगर सचिव समीर सेनदाङ लगायतको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published.