बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

दमक, १० साउन । बसको ठक्करबाट दमकमा एक जना साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक -४ बस्ने ६० बर्षिय साइकलयात्री सोमबहादुर विश्वकर्मा रहेकम छन ।
इलाका प्रहरी कार्यालय दमकका अनुसार शनिवार बिहान अन्दाजी ६ः४५ बजे दमक– ४ चियाबगानस्थित पूर्वपश्चिम राजमार्गमा उर्लाबारीबाट दमकतर्फ आउँदै गरेको प्रदेश न.१–०१–००१ ख ४३६३ नम्बरको यात्रुबाहक बसले दमकबाट ताराबारीतर्फ जाँदै गरेका साइकलयात्री बिकलाई ठक्कर दिएको थियो ।
ठक्करवाट गंभीर घाइते विकलाई उपचारका लागि दमक अस्पताल पठाइएकोमा ७ः ३० बजे उपचारको क्रममा उनको मृत्यु भएको हो । प्रहरीले दुर्घटनामा संलग्न बस, साइकल र बसचालक मकवानपुर हेटौडा ७ बस्ने ४७ वर्षीय राजेन्द्र गौतमलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.