दमकमा सानु लामाको स्मृतिमा श्रद्धाञ्जली सभा

दमक,५ साउन । भारत सरकारले प्रदान गर्ने उच्च तहको पुरस्कार पद्मश्री पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली गरुडसिंह लामा ( सानु लामा ) को स्मृतिमा श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।सन् १९३९ जुन १५ मा जन्मिएका उनी भारत सिक्किमका एक पूराना ईन्जीनियरका रुपमा चिनिन्थे । उनै साहित्यकार लामाको ८४ वर्षको उमेरमा गत जुलाई १२ तारिखमा निधन भएको थियो ।

स्वर्गीय लामाको सातौँ पुण्य तिथि पारेर शुक्रबार दमकमा विभिन्न साहित्यीक संघसंस्थाहरुको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको हो ।दमकका क्रियाशील साहित्य कला सङ्गम, प्रतिभा निकेतन र जीवन स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा श्रद्धाञ्जली सभामा सहभागिहरुले स्व. लामाले नेपाली साहित्यका क्षेत्रमा पुरयाँएको योगदानमाथि चर्चा गरेका थिए ।

कार्यक्रममा दमक प्रज्ञा प्रतिष्ठानका पूर्व अध्यक्ष हेमनाथ अधिकारी ,प्रतिभा निकेतनका अध्यक्ष कमलराज भट्टराई, प्रतिभा निकेतनका पूर्व अध्यक्ष खेमलाल पोख्रेल, साहित्य कला सङ्गमका पूर्व अध्यक्ष नरपति पाण्डे, लोक गायक लक्ष्मीप्रसाद खनाल, साहित्यकारहरू नारायणप्रसाद शर्मा फुयल र पदमप्रसाद ओलीले बोलेका थिए ।

सोही कार्यक्रममा सिर्जनशिल रचना वाचन कार्यक्रम पनि सम्पन्न गरिएको थियो । रचना वाचन गर्ने स्रष्टाहरुमा साहित्य कला सङ्गमका उपाध्यक्षहरु बिन्दु दाहाल मुकदर्शक, यादवप्रसाद अधिकारी, साहित्यकारहरु धनञ्जय बास्कोटा,ओमप्रसाद खनाल ,रामकुमार उपाध्याय,बिवेक दुलाल क्षेत्री,मेघनाथ बन्धु, बिरेन्द्र खडका,अम्बिकाप्रसाद सापकोटा ,मदन शिवाकोटी, उर्मिला ओली, भुमी बास्कोटा, पुण्यप्रसाद ढकाल , शान्तप्रसाद भट्टराई ,खडग खडका लगायत रहेका थिए ।

प्रतिभा निकेतनका पूर्वअध्यक्ष मेघराज तिम्सिनाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमको अध्यक्षता साहित्यकला सङ्गमका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले गरेका थिए।
यसैगरि श्रध्दाञ्जलि सभाको सञ्चालन साहित्यकार डा.व्यञ्जना शर्माले गरेकी थिईन भने रचना वाचन कार्यक्रको सञ्चालन साहित्य कला सङ्गमका कोषाध्यक्ष ओमप्रसाद खनालले गरेका थिए । कार्यक्रममा कवि ,साहित्यकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published.