फिदीममा पिकअप दुर्घटना, ३ जना घाइते

पाँचथर ,२ साउन । पिकअप दुर्घटना हुदाँ पाँचथरको फिदिम नगरपालिका–१३ टिम्मुरेमा तीनजना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ ।सवारीका लागि इन्धन (डिजेल)सहित कुखुराका लागि दाना र ब्रान्ड लिएर झापाको विर्तामोडदेखि लुङरुपा आउँदै गरेको मे १ च ४२१४ नम्बरको पिकअप बिहीबार बिहान ९ बजेतिर घुम्ती मोड्ने क्रममा दुर्घटना भएको हो ।
पिकअप सडकदेखि ५० मिटर तल झर्दा सवारी धनी फिदिम–१३ का राम सुवेदीसहित चालक भवानी खतिवडा र सहचालक आयुष राई घाइते भएका थिए ।दुर्घटनाको जानकारी प्राप्त गर्नासाथ प्रहरी चौकी लुङरुपादेखि खटेका प्रहरी र स्थानीयले उद्वार गरेर घाइतेहरुलाई पाँचथर अस्पताल पठाएका थिए । दुर्घटनामा परेका सवारी धनी राम सुवेदीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
सुवेदी र चालक भवानी खतिवडालाई थप उपचारका लागि झापा पठाइएको छ भने सहचालक राईको पाँचथर अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published.