झापा,९ जेठ । किराँत याक्थुङ चुम्लुङ के–लाङ समूह हङकङले भोलि शनिबार आयोजना गरेको ‘पालाम साँझ २०२५ ’को तयारी सवै पूरा भएको छ । जोर्डनस्थित याक एण्ड यति होटलमा साँझ ७ वजेदेखि शुरु हुने पालाम साँझको सम्पूर्ण तयारी पूराभएको आयोजकले जनाएका छन् ।
सो पालाम साँझमा पूर्वका उदीयमान पालाम गायकद्धय जीवन केदेम र दुर्गा तुम्साको विशेष प्रस्तुति रहने छ । तुम्सा दमक- ७ की गायिक हुन् भने केदेम धरान निवासी कलाकार हुन् । पूर्वी क्षेत्रका विशेषत सांस्कृतिक कार्यक्रममा द्धय गायक निकै लोकप्रिय मानिन्छन् ।
दुवै गायकले आयोजक संस्थाको निमन्त्रणमा पहिलोपटक अन्तराष्ट्रियस्तरमा आफनो प्रस्तुति दिन त्यसतर्फ लागिसकेका छन् । आफनो ठाँउ बाहिर यसरी सांगीतिक कार्यक्रममा सहभागि हुन पाएकोमा आयोजक संस्थाप्रति उनले आभार प्रकट गरिन् । उनले भनिन्, –‘आफनो भाषा,संस्कृतिलाई उजागर गर्न किराँत याक्थुङ चुम्लुङ हङकङका थाक्थुङवाहरुको यो प्रयास मननयोग्य छ, यस्ता कार्यक्रमलाई भव्य र सभ्य रुपले सम्पन्न गर्न सवैको सहयोगको अपेक्षा समेत गर्दछु । ’
लिम्बू कल्चर क्रिएसनको प्रस्तुतिमा हुने सो “पालम साँझ पालाम गायकहरुसंगै हङकङमा बस्दैआएका गायक राजु आङदेम्बे, कमनधोज लावती, काजीमान मस्वा, गायिका मञ्जु काङ्लिबा, सञ्जु काङ्लिबा र कुशुम लिम्बूको समेत प्रस्तुति रहने आयोजक संस्थाकी शान्ता केरुङले बताईन् ।