झापा कांग्रेसद्वारा विभागीय समितिहरु गठन

विर्तामोड,१६ माघ । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले विभिन्न ४० वटा विभागीय समितिका संयोजक एवं सदस्यहरु मनोनयन गरेका छन् ।थेवेले पार्टीको विधान धारा १२ को उपधारा ७ (ज) बमोजिम प्रशिक्षण प्रतिष्ठान विभागको संयोजकमा उपसभापति केशवराज पाण्डेलाई मनोनयन गरेका छन् । विभागका सदस्यहरुमा अजय घिमिरे, हरि अधिकारी, सजेश शिवाकोटी, लक्ष्मीप्रसाद शिवाकोटी, लक्ष्मी खनाल कोइराला, यज्ञप्रसाद अधिकारी, गौरीमान फागो, अमृतबहादुर बुढाथोकी र उमा शिवाकोटी मनोनित भएका छन् ।
पार्टी उपसभापति शेरबहादुर भट्टराईको संयोजक अनुगमन मूल्याङ्कन तथा अभिलेख विभाग गठन गरिएको छ । शुभेच्छुक संस्था समन्वय विभागको संयोजकमा सचिव कृष्ण हुमागाई, नेविसंघ तथा तरुण विभाग संयोजकमा सचिव नवीन विमली, कृषि तथा भूमि सुधारमा सहसचिव कमलप्रसाद भण्डारी संयोजक र स्थानीय तह समन्वय विभाग संयोजकमा सहसचिव कालेन्द्रप्रसाद सिंह राजवंशीलाई जिम्मेवारी प्रदान गरिएको छ ।
यस्तै, कोषाध्यक्ष जलकुमार गुरुङको संयोजकत्वमा आर्थिक विभाग गठन गरिएको छ । गठित समितिका सहसंयोजकद्धयमा टिकाराज ढकाल र टुकेन्द्र अधिकारी र सदस्यहरुमा मोहन मित्तल, भुपाल कटुवाल, राजु न्यौपाने, रौनक बंशल, दिपेश ढकाल, अजय शाहेवाला, गोकुल श्रेष्ठ, देवीप्रसाद गुरागाई, मोहन निरौला र विनोद शाह मनोनित भएका छन् ।
श्रमिक तथा ट्रेड युनियन विभाग संयोजकमा दीपक तामाङ, उद्योग ब्यापार वाणिज्य तथा आपूर्ति विभाग संयोजकमा गोविन्द पौडेल, सहकारी विभाग संयोजकमा दुर्गाप्रसाद सापकोटा, सडक तथा यातायात विभागमा राजेन्द्र रिजाल, सूचना सञ्चार तथा प्रचार–प्रसार विभाग संयोजकमा रश्मिशेखर सुवेदी, महिला तथा लैङ्गिक समानता विभाग संयोजकमा पार्वता गिरी, सामाजिक सुरक्षा तथा कल्याण विभाग संयोजकमा देविका बस्नेत, भूतपूर्व प्रहरी सैनिक विभाग संयोजकमा धनप्रसाद शिवाकोटीलाई जिम्मेवारी प्रदान गरिएको छ ।
यसैगरी शान्ति सुरक्षा समन्वय विभाग संयोजकमा लीलाप्रसाद चिमरिया, पार्टी समन्वय तथा सम्पर्क विभाग संयोजकमा पर्शुराम ढुङ्गाना, विपद् ब्यवस्थापन विभाग संयोजकमा भक्त खवास, कानून तथा संसदीय मामिला विभाग संयोजकमा नारायणप्रसाद पौडेल, नागरिक समाज विभाग संयोजकमा राजकुमार गौतम, दलित विभाग संयोजकमा टंकबहादुर विश्वकर्मा, भौतिक निर्माण तथा पूर्वाधार विभाग संयोजकमा मणिकुमार उप्रेती, वैदेशिक रोजगार विभाग संयोजकमा शिवकुमार कडेल, जनसम्पर्क समन्वय विभाग संयोजकमा प्रकाश शिवाकोटी, स्वास्थ्य सेवा विभागमा रामकुमारी पौडेल मनोनित भएका छन् ।
यसैगरी पर्यटन विभाग संयोजकमा खड्ग पन्धाक सुब्बा, गैरसरकारी तथा सामाजिक सेवा विभाग संयोजकमा रमेशकुमार पोखरेल, आदिबासी÷जनजाति विभाग संयोजकमा धर्म लक्सम्बा, प्रशासन सेवा समन्वय विभाग संयोजकमा देवीप्रसाद दाहाल, शिक्षा विज्ञान तथा प्रविधि विभाग संयोजकमा दीपक गिरी, द्वन्द्व ब्यवस्थापन विभाग संयोजकमा पुष्पराज कार्की, वन तथा वातावरण विभाग संयोजकमा प्रेमबहादुर बस्नेत, ज्येष्ठ नागरिक विभाग संयोजकमा लीला ढकाल, युवा तथा खेलकुद विभाग संयोजकमा विनोद बस्नेतलाई जिम्मेवारी प्रदान गरिएको कांग्रेस झापाले जनाएको छ ।
सभापति थेवेले बुधबार थप पाँच वटा विभागीय समितिका संयोजक तथा सदस्य मनोनयन गरेका छन् । जस अन्तरगत जल उर्जा तथा प्राकृतिक श्रोत विभाग संयोजकमा ईश्वरकुमार खत्री, पेशागत तथा बुद्धिजीवी विभाग संयोजकमा जगन्नाथ राजवंशी, नीति तथा योजना विभाग संयोजकमा कुमारमणि पोखरेल, वित्तीय संस्था समन्वय विभाग संयोजकमा बलराम कार्की र निर्माण ब्यवसाय समन्वय विभागको संयोजकमा युवराज प्रसाईलाई जिम्मेवारी प्रदान गरिएको छ ।
यसैगरी सडक तथा यातायात विभागको संयोजकमा राजेन्द्र रिजाल र सदस्यहरुमा मनोज थापा, बालकुमार विष्ट, तुलसी खड्का, हेमराज दाहाल, यादवकुमार ओली, सञ्जिव प्रधान, टंक दवाडी, विश्वास कामतलाई मनोनित गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published.