कांग्रेस महाधिबेशन :शर्मा वरिष्ठ उपसभापति, भुसाल महिला उपसभापतिमा निर्विरोध निर्वाचित

झापा, २० असोज । नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन्। कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत मंगलबार साँझ ७ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। उम्मेदवारी दिने समयसम्म शर्माको एकल उम्मेदवारी दर्ता भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
यसअघि गत पुसमा भएको विशेष महाधिवेशनबाट शर्मा उपसभापति चयन भएका थिए। त्यसअघि २०७८ सालमा भएको १४औं महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका थिए ।
यसैगरि, उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएकी छन् ।कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत मंगलबार महिलातर्फ उपसभापतिमा भुसालको मात्रै उम्मेदवारी परेको निर्वाचिन समितिले जनाएको छ । उम्मेदवारी दर्ताका लागि मंगलबार साँझ ७ बजेसम्मको समय तोकिएको थियो । यसअघि उनी गत पुसमा भएको विशेष महाधिवेशनबाट उपसभापति बनेकी थिइन् ।

 

Leave a Reply

Your email address will not be published.