लोकतान्त्रिक यातायात ब्यवसायीहरु संगठित , अध्यक्षमा खड्का

झापा,१६ माघ । नेपाल लोकतान्त्रिक यातायात ब्यवसायी संघ झापाको अध्यक्षमा तुलसी खड्का चयन भएका छन् ।नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय विर्तामोडमा बुधबार सम्पन्न संघको प्रथम जिल्ला अधिवेशनले खड्काको नेतृत्वमा जिल्ला समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा गणेश श्रेष्ठ, सचिवमा खगेन्द्र उप्रेती, सहसचिवमा सूर्य निरौला र कोषाध्यक्षमा मनोज थापा चयन भए भने सदस्यहरुमा कृष्णप्रसाद भण्डारी, तुलविक्रम तामाङ, ध्रुव ढकाल, मदन विष्ट, सन्तोष सुब्बा, श्रीप्रसाद खरेल, अनिलकुमार गुप्ता र बलिराम बास्कोटा सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक जयकुमार दाहालले जानकारी दिए । संघको नयाँ नेतृत्व चयन गर्न दाहालको संयोजकत्वमा केशव थापा इन्दु पूर्वेली सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । संघ नेपाली कांग्रेसको शुभेच्छुक संस्था हो ।
नवनिर्वाचित समितिलाई कांग्रेस झापाका सभापति देउकुमार थेवेले लोकतन्त्रवादी यातायात व्यवसायीहरुको पेशागत हकहितका लागि संघले काम गर्न सक्नु पर्ने भन्दै बधाई शुभकामना दिएका थिए । उनले यातायात व्यवसायीका साँझा मुद्धा समाधान गर्न पार्टीले साथ र सहयोग पुरयाँउने जोड दिए ।

Leave a Reply

Your email address will not be published.