दमकमा जोङग्री कुजन उद्घाटन

दमक,१३ माघ । दमकको बेलडाँगी रोडस्थित केडी कम्प्लेक्समा जोङग्री कुजन रेष्ट्रो सञ्चालनमा आएको छ । दमक बहुमुखी क्याम्पसका स्ववियू सदस्य समेत रहेका सायन राईले बिशेष गरेर तिव्वती, भुटानीसंगै नेपाली मौलिक खानपीनमा स्वच्छ सेवा प्रदान गर्ने उद्देश्यले जोङग्री कुजन औपचारिक रुपमा सञ्चालनमा ल्याएका हुन् । अन्य होटल ,रेष्टुरेन्टको सेवा भन्दा फरक विशेषता भएको यस जोङग्री कुजनमा पारिवारिक वातावरण र अर्गानिक खानपान सरल मूल्यमा नै उपलव्ध हुने उनले बताए ।
केडी कम्प्लेक्सको तेश्रो तलामा खोलिएको जोङग्री कुजनको आइतवार सञ्चालक सायनका बाजे कमल -४ निवासी ९५ बर्षिय अमृतप्रसाद राना राईले रिवन काटेर उद्घाटन गरे । उद्घाटनका क्रममा राना साम्पाङकै ज्येष्ठ अभिभावक उनले व्यवसायिक सफलताको शुभआर्शिवाद दिएका थिए ।

दुई महिनाअघि जोङग्री कुजन अनौपचारिक रुपले सेवा पुरयाँउदैआएपनि विधिवत भने आइतवार उद्घाटन गरिएको सञ्चालक सायन राईले बताए । कुजन उद्घाटनमा सायनका पिता वदी राई, युवा व्यक्तित्व जितेन साङपाङ, सञ्चारकर्मीहरु लगायतको विशेष उपस्थिति रहेको थियो । जोङग्री कुजन उद्घाटनका अवसरमा हरेक खानपानमा आर्कषक छुटको व्यवस्था गरिएको सञ्चालक राईे बताए । अहिलका युवा पुस्तादेखि ज्येष्ठ तथा हरेक समुदायलाई लक्षित गरेर लिफ्टसहितको गुणस्तरिय सेवा उपलव्ध गराउन प्रतिवद्ध भएको उनले दावी गरे ।

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published.