दमक,१३ माघ । झापाको दमकबाट करिव रु २ लाख नगदसहित ७ जना जुवाडे पक्राउ परेका छन् ।दमक– १० सेतुमारीस्थित खेतको खुला गोठमा गएराति ११ वजे लुकिछिपी जुवा खेलिरहेका अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पक्राउ पर्नेहरुमा दमक १० का घनश्याम खनालसहित सोहि वडाका दुई , मोरङ ,उर्लाबारी नगरपालिका –९ का चारजना र काठमाण्डौका एकजना रहेका छन् । पक्राउ परेका खनाल नेपाली कांग्रेस दमक १० का वडा सभापति समेत हुन् ।
उनीहरुको साथबाट १६ थान कौडा र नगद रु १ लाख ७६ हजार ४९० रुपैयाँ बरामद गरि आवश्यक कार्वाहीका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको जनाइएको छ ।