कन्काई –६ मा स्वतन्त्र उम्मेदवार ओली विजयी

झापा,१६ मंसिर । कन्काई नगरपालिका–६ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार लक्ष्मी प्रसाद ओली विजयी भएका छन् । चापाकल चुनाव चिह्न पाएका स्वतन्त्र उम्मेदवार ओलीले ४९३ मतसहित जित हात पारेका हुन् । ओली २०७४ सालको स्थानीय निर्वाचनमा सोहि वडाको वडाअध्यक्षमा कांग्रेसबाट निर्वाचित भएका थिए । उनले २०७९ को स्थानीय तहको निर्वाचनमा कांग्रेसले उम्मेदवार नबनाएपछि स्वतन्त्र उम्मेदवार भएर झिनो मतान्तरले एमालेका उम्मेदवारसंग पराजित भएका थिए ।

नेकपा एमालेका तुलाराम बस्नेतले ३५६ मत ल्याउँदै दोस्रो स्थानमा रहे । नेपाली कांग्रेसका रामगोपाल ओलीले ३१७ मत ल्याएका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार गणेश बहादुर थापाले २७७ मत ल्याए । मंगोल नेसनल अर्गनाइजेसनका पदमबहादुर तामाङले २० मत पाए भने राप्रपाका नारायण प्रसाद निरौलाले २९ मत पाए ।
जनमत पार्टीका शुकलाल राजवंशीले ९ मत ल्याएका छन् । नागरिक उन्मुक्ति पार्टीकी जमुना राजवंशीले ६ मत ल्याइन् ।

 

Leave a Reply

Your email address will not be published.