जेम्सको टोली अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन लखनउ लाग्यो

दमक ,१६ मंसिर । दमकको झापा मोडल अंग्रेजी बोर्डिङ स्कूल (जेम्स) को विद्यार्थीहरुको एक टोली भारतको लखनउतर्फ प्रस्थान गरेको छ । भारतको लखनउमा यहि मंसिर १८ देखि २० सम्म हुने विद्यार्थी गुणस्तर सर्कलको २५औँ अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन जेम्सका प्रिन्सीपल सागर श्रेष्ठ , जेम्स उच्चमावि तर्फका संयोजक समीर गहतराजसहित सात जना विद्यार्थीहरुको एक टोली आज त्यसतर्फ प्रस्थान गरेका हुन् । सम्मेलनमा जाने जेम्सको सो टोलीमा कक्षा ६ देखि १० सम्मका दुई छात्रासहित ७ जना विद्यार्थीहरु छन् ।
लखनउको सिटी मोन्टेसरी स्कूलमा हुने सम्मेलनमा जेम्सका विद्यार्थीहरूले “डिजिटल लत’ सम्बन्धी केस स्टडी प्रस्तुत गर्नेछन् । केस स्टडी बाहेक जेम्सका विद्यार्थीहरूले कोलाज बनाउने, बहस प्रतियोगिता,पोस्टर र नारा बनाउने, स्ट्रीट प्ले र गुणस्तर क्विजमा भाग लिने प्रिन्सीपल श्रेष्ठले बताएका छन् । अन्तराष्ट्रियस्तरको यस किसिमको शैक्षिक सम्मेलनमा जेम्सका विद्यार्थीहरुले विभिन्न पदक जित्दै आएकाछन् ।

Leave a Reply

Your email address will not be published.