मोरङ र ताप्लेजुङमा आगलागी हुदाँ लाखौंको क्षति

ताप्लेजुङ ,१४ कार्तिक। मोरङ र ताप्लेजुङका दुई स्थानमा भएको आगलागीबाट लाखौंको क्षति भएको छ । प्रदेश प्रहरीका अनुसार मोरङको बेलवारीस्थित फर्निचर उद्योगमा आगलागी हुदाँ १५ लाख बराबरको क्षति भएको छ ।

जिल्लाको फुङलिङ नगरपालिका–११ फुरुम्बु याफ्रेमा भएको आगलागीमा लाखौंको क्षति भएको छ । विद्युत् सर्ट भएको अनुमान गरिएको आगलागीबाट बुधबार विद्याप्रसाद सिग्देलको घर पूर्ण रूपमा जलेको हो ।
वडाध्यक्ष सन्तोष लिम्बूका अनुसार बगानबाट टिपेर राखेको १२ मन अलैंची जलेको छ । सुन २ तोला, चाँदी ३० तोला, नगद ७० हजारसहित १५ मुरी धान, त्यति नै परिमाणमा मकै, लत्ता कपडा र घर मचान पूर्ण रूपमा जलेको लिम्बूले जानकारी दिए ।
घरको कुनै पनि सामान निकाल्न नसकिएको परिवारले जनाएका छन् । घरमा ५ जनाको बसोबास थियो । एक्कासि घर जलेको अवस्थामा देखिएकाले विद्युत् सर्ट भएको अनुमान गरिएको वडाध्यक्ष लिम्बूले बताए ।
फर्निचर उद्योगमा आगलागी हुदाँ  क्षति
मोरङ बेलवारीको फर्निचर उद्योगमा भएको आगलागीबाट १५ लाख बराबरको क्षति भएको छ ।मंगलवारराति बेलबारी –७ नहर चोक बस्ने गणेश चौधरीको फर्निचरमा आगलागी भएको हो ।
आगलागीबाट फर्निचरका सामान राख्नको लागि बनाएको घर, घरभित्र भएका फर्निचरका सामानसमेत जल्दा १५ लाख बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी बाहुनीबाट खटिएको टोली , दमकल र स्थानीयको सहयोगमा राति ११ बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको थियो ।

Leave a Reply

Your email address will not be published.