दमक तेक्वादो डोजाङका चार खेलाडीले जिते उपाधि

दमक ,१३ कार्तिक । दमक तेक्वादो डोजाङका चार जना खेलाडीले सुनसरीको ईटहरीमा हालैं सम्पन्न खुल्ला तेक्वान्दो प्रतियोगितामा उपाधि जितेका छन् ।
इटहरीस्थित राजदेबी तेक्वान्दो डोजाङले गत कार्तिक १० र ११ गते आयोजना गरेको दुई दिवसीय खुल्ला तेक्वान्दो प्रतियोगितामा विभिन्न तौल समूहका प्रतिष्पर्धी चार खेलाडीले उपाधि जित्न सफल भएको हो । डोजाङका अध्यक्ष जितु धिमालका अनुसार ३८ केजी समूहमा रेसु धिमालले दोश्रो , ४२ केजी समूहमा देन्सु योगी दोश्रो र ४८ केजीबाट प्रतिष्पर्धी सलिन देवानले दोस्रो जित निकाल्न भएका हुन् ।
त्यस्तै, ५१ केजी समूहबाट प्रतिष्पर्धी इन्दिप धिमाल तेस्रो बने । दमकका विभिन्न डोजाङ सहभागि मध्ये यस डोजाङका खेलाडीले यो सफलता प्राप्त गर्न सफल भएको अध्यक्ष धिमालले बताए । केहि महिना अघि मात्र डोजाङ स्थापना भएको यस डोजाङले विभिन्न प्रतियोगितामा उत्कृष्ठ नतिजा प्रर्दशन गरिआएको छ ।

डोजाङले दमकका तीन वटा विद्यालयमा तेक्वान्दोको प्रशिक्षण सञ्चालन गरिआएका र त्यसमा करिव १ सय ५० विद्यार्थीहरुले भाग लिदैआएको डोजाङका सदस्य संगम राईले जानकारी दिए ।
प्रशिक्षणमा प्रमुख प्रशिक्षकका रुपमा राखेपका प्रशिक्षक जितेन्द्र मेचे , सहायक प्रशिक्षकहरुमा प्रतिमा तामाङ,आयुस धिमाल संलग्न छन् । डोजाङका प्रमुख सल्लाहकार पूर्व फूटवल राष्ट्रिय खेलाडी गजु देवानले तेक्वान्दो खेलमा उत्कृष्ठ क्षमता प्रस्तुत गरेर पदक जित्ने खेलाडीलाई बधाई दिदैं प्रशिक्षार्थी खेलाडीहरुले उच्च मनोबलका साथ खेलमा लागे सफलता प्राप्त गर्न सकिने बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published.