गौरीगञ्ज ,६ असोज । नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ झापा क्षेत्र नं ५ क्षेत्रीय समितिले गौरीगञ्जमा शनिवार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । गौरीगंज–५ चिल्हारामा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा खजुरगाछी र चिल्हाराका २ सय ५० बढी लाभान्दित भएका थिए । शिविरमा निःशुल्क औषधीको समेत बितरण गरिएको थियो ।
गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष तथा नेपाली कांग्रेस कोशी प्रदेश समिति सदस्य फुलवती राजवंशीको प्रमुख आतिथ्यतामा भएको शिविर दमक अस्पतालको प्राविधिक सहयोगमा भएको थियो । शिविर दमक अस्पतालका सुपरिटेन्डेन्ट तथा स्त्रीरोग विशेषज्ञ डाक्टर कृष्ण साह, मेडिकल अफिसर डा. बन्दना सापकोटा, डा. क्षितिज भट्टराई सहभागि थिए । त्यस्तैं, लाइफ लाईन अस्पताल दमकका फिजिसियन डा.निरञ्जन साह लगायत स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य जाँच गर्नुका साथै परामर्श प्रदान गरेका थिए ।
स्वास्थ्य शिविरमा कमल गाउँपालिकाका दुई जना स्वास्थ्यकर्मीसहित , कांग्रेस दमक सभापति प्रकाश प्रसाई र दमक नगर उपप्रमुख रेगिना भट्टराईले शिविरमा आवश्यकीय औषधी निःशुल्क उपलब्ध गराएका महासंघ क्षेत्र नं ५ का अध्यक्ष जितु धिमालले जानकारी दिए ।
नेपाल महिला संघ झापाकी उपसभापति नौताली राजवंशीले स्वागत मन्तव्य राखेकी शिविर उद्घाटनमा संविधानसभा सदस्य तथा लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ केन्द्रीय उपाध्यक्ष बिश्वदीप लिङदेन, कांग्रेसकी कोशी प्रदेश चन्द्र खड्का भट्टराई, झापाका जिल्ला उपसभापति शेरबहादुर भट्टराई, गौरादह नगर पूर्व प्रमुख रोहित साह, महासमिति सदस्य शुरेस सुब्बा, झापा ५ क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी, झापा ५ (क) प्रदेश सभापति जीवन राई, झापा ५ (ख ) का सभापति रबि न्यौपाने, लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ झापा सभापति दिलकुमार नेम्बाङ, महासंघका महाधिवेशन प्रतिनिधि चन्द्रसिंह राई, कांग्रेस दमक उपसभापति युवराज सागर खनाल, कांग्रेस गौरीगञ्ज सभापति अधनुप्रसाद राजवंशी लगायत पार्टीका स्थानीय नेताहरुको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन युवा नेता आत्माराम राजवंशीले गरेका थिए ।