पिकअप दुर्घटनाः एकको मृत्यु,तीन घाइते

झापा ,८ भदौ । धनकुटाको साँगुरीगढी ६ मुक्तेनमा गएराति पिकअप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् ।मृत्यु हुनेमा साँगुरीगढी ६ का ३८ वर्षीय निरबहादुर मगर रहेको प्रहरीले जनाएको छ । मगरको घटनास्थलमा नै मृत्यु भएको जनाइएको छ । मुक्तेनबाट नाम्जेतर्फ जाँदै गरेको को।२ च ११०५ नम्बरको पिकअप राति ९ः१५ बजे दुर्घटनामा परेको प्रहरीको भनाई छ ।

पिकअपमा सवार ३४ वर्षीय राजकुमार मगर, ३९ वर्षीया मिना मगर र उनकी ६ वर्षीया छोरी श्रेया मगर घाइते भएका छन् । घाइतेहरुको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । पिकअप चालक उदयपुरका अमिर मगरलाई इलाका प्रहरी कार्यालय भेडेटारले नियन्त्रणमा लिएको छ । उक्त गाडी सडकबाट करिब ७० मिटर तल खसेको इलाका प्रहरी कार्यालय भेडेटारका इन्चार्ज रमेश प्रधानले जानकारी दिएका छन् ।
ट्युवेलमा भेटियो बृद्धको कुहिएको शव
झापाको गौरीगञ्जमा एक बृद्धको कुहिएको शव फेला परेको छ ।गौरीगञ्ज गाउँपालिका ३ कृपाल टोलका राजेश सरवरिया मण्डलको घरमा बस्दै आएका ७० वर्षीय दयानन्द सरवरिया मण्डलको शव फेला परेको हो । घरको पूर्वपट्टि कदमको रुखमुनि रहेको ट्युवेलमा मण्डल मृत अवस्थामा फेला परेका हुन् । उनको शव किरा परेर गन्हाउने अवस्थामा देखेर स्थानीयले आज बिहान ८ः४५ बजे इलाका प्रहरी कार्यालय गौरीगञ्जमा खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र शाह ,वडा नं।३ का अध्यक्ष श्रवण गिरी, स्थानीय जनप्रतिनिधिको रोहबरमा शवलाई मुचुल्का प्रकिया पुरा गरी पोस्टमार्टमका लागि दमकतर्फ लाने तयारी भइरहेको जनाइएको छ । ४–५ दिन अगाडी मण्डलको मृत्यु भएको हुनसक्ने शवको स्थितिबाट देखिएको छ । मण्डल दिनहुँ रक्सी खाएर हिड्ने गरेको स्थानीयले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.