दमक,७ भदौं । यहाँस्थित साहित्य कला सङ्गमले सिर्जनशिल रचना वाचन कार्यक्रम अन्तर्गत आज ४२ ओै रचना वाचन सम्पन्न गरेको छ । सङ्गमको आफ्नै कार्यलयमा सम्पन्न उक्त कार्यक्रममा करिव दुई दर्जन साहित्यकारहरुले रचना वाचन गरेका थिए ।
रचना वाचन गर्ने साहित्यकारहरु साहित्यकला सङ्गमका बरिष्ठ उपाध्यक्ष बिन्दु दाहाल मुकदर्शक ,कोषाध्यक्ष ओमप्रसाद खनाल, साहित्यकारहरु अम्विकाप्रसाद सापकोटा, गोपाल दाहाल, बिवेक दुलाल क्षेत्री, यादवप्रसाद नेपाल , डिल्ली निरौला, शारदा निरौला ,किराँती राजा, नेत्रप्रसाद अधिकारी, दुर्गा चम्लागाई, मदन शिवाकोटी, रामकुमार उपाध्याय ,अर्जुन निरौला, राजु कार्की, शान्तप्रसाद भट्टराई , खड्ग बहादुर खड्का रहेका थिए ।
शैक्षिक तथा सामाजिक व्यक्तित्व लेखनाथ खनालको प्रमुख आतिथ्यमा भएको उक्त रचना वाचन कार्यक्रम साहित्य कला सङ्गमका उपाध्यक्ष विन्दु दाहाल मुकदर्शकको अध्यक्षतामा भएको थियो । उक्त कार्यक्रमको सञ्चालन साहित्य कला सङ्गमका कोषाध्यक्ष ओमप्रसाद खनालले गरेका थिए ।
सङ्गमले नियमित रुपमा हरेक महिनाको पहिलो शुक्रवार सिर्जनशिल रचना वाचन कार्यक्रम सञ्चालन गर्दै आएको छ । उक्त साहित्यीक संस्था दमककै एक पूराना संस्था हो ।