हल्दिवारीकी पौडेलको डेंगुबाट मृत्यु भएको पुष्टि

झापा, २६ साउन । डेंगु संक्रमणबाट झापा हल्दिबारी ४ की ४० वर्षीया अनिता पौडेलको मृत्यु भएको पुष्टि भएको छ ।बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचाररत पौडेललाई अन्य समस्यासंगै डेंगु पोजिटिभ रहेको अस्पतालले जनाएको छ । सामान्य ज्वरो आएर उपचारका लागि प्रादेशिक अस्पताल, ओम साई अस्पताल हुँदै थप उपचारका लागि उनलाई बीएण्डसी अस्पताल लगिएकोमा उपचारकै क्रममा हिजो मृत्यु भएको थियो ।

हल्दिबारी ३ मा रहेको चिल्ड्रेन गार्डेन अंग्रेजी विद्यालयमा उनी कार्यरत रहेकी थिइन् । झापामा यसवर्ष पहिलो पटक डेंगु संक्रमणबाट मृत्यु भएको हो । गत वर्ष बीएण्डसी अस्पतालमै पाँचजनाको डेंगु संक्रमणबाट मृत्यु भएको थियो । करिव आधा दर्जन डेंगुका विरामीहरु बीएण्डसीमा उपचाररत रहेको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.