दमक,१६ असार । नेकपा (माओवादी केन्द्र ) को भाृत संगठन योङ कम्यूनिष्ट लीग (वाईसीएल) र अखिल क्रान्तिकारी झापाले शनिवार २१ औं राष्ट्रिय धान दिवस गौरादहमा विविध कार्यक्रम गरि मनाएको छ ।
जनयुद्धका क्रममा वेपत्ता भएकी जिल्लाको गौरादह -१ निवासी तारा रिजालको घर खेतमा सामूहिक रुपमा धान रोपाई गरिएको हो । रोपाई कार्यक्रममा दुवै संगठनसहित पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरुको उल्लेखीय सहभागिता रहेको थियो ।
त्यसक्रममा वेपत्ता रिजालको १२ कठठा जमीनमा धान रोपाई गरिएको वाईसीएल जिल्ला समन्वय समिति झापाका अध्यक्ष डेविट शाहीले बताए । रोपाई कार्यक्रममा अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय अध्यक्ष रन्जित तामाङ लगायत वाइसीएल झापाका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
यसैगरि, दमक ४ मा माओवादी दमक नगर कमिटीले पनि सामूहिक रुपमा धान दिवस मनाएको छ ।पार्टीका प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङबो (मौषम )को प्रमुख आतिथ्यता तथा पार्टीका नेता ,कार्यकर्ताहरुको उपस्थितिमा स्थानीय मानबहादुर श्रेष्ठको बारीमा धान रोपिएको पार्टीका दमक नगर इन्चार्ज वेदु गौतमले जानकारी दिए ।