मिस आर्टिस्ट्रीकी तीन जना थाइलैण्ड जादैं

दमक,१५ असार । दमकमा सञ्चालित मिस आर्टिस्ट्रीका तीन जना विजेताले थाईल्याण्डमा हुने टिन स्टार इन्टरनेशनल २०२४ मा सहभागिता जनाउने अवसर पाएका छन् । दमकको चुलाचुली अंग्रेजी बोर्डिङ स्कूलकी अक्षी श्रेष्ठ,संजिता मगर र ग्लोवल कलेजकी छात्रा रोश्नी दर्नालले नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेकी छन् ।
यहि जुलाई ८ देखि १५ सम्म थाइलैण्डको राजधानी बैंककमा हुने उक्त प्रतियोगितामा मिस आर्टिस्ट्री २०२२ की विजेता रोश्नी र जुनियर मिस आर्टिस्ट्री २०२३ कि बिजेता लक्क्षी श्रेष्ठ र जुनियर मिस आर्टिस्ट्री २०२३ मा आयोजकको छनौटमा पर्न सफल सञ्जिता मगर सहभागि हुन लागेका हुन् ।
आयोजक संस्था क्लियोपाट्रा इभेन्ट्सले शनिवार दमकको फनपार्कमा एक कार्यक्रम गरि उक्त घोषणा गरेको थियो । संस्थाका अध्यक्ष प्रवीण पाठकले तीनै प्रतियोगिहरुको नाम घोषणा गरि बधाई शुभकामना दिएका छन् । उनका अनुसार दमकबाट यस किसिमको प्रतियोगिताबाट छानिएर अन्तराष्ट्रिय प्लेटफार्म पाउने यो नै पहिलो हो । उनीहरुले थाइल्यान्डसहित मलेशिया , इन्डोनेशिया , अष्ट्रेलिया तथा सार्क राष्ट्रहरुसहित तीस वटा बढी देशबाट छानिएका प्रतिष्पर्धीहरुवीच ताजसहित अनुभव साटसाट गर्ने अवसर प्राप्त गर्ने उनले बताएका छन् ।
सो अवसरमा आस्था कलेज दमकका प्रमुख टेकनाथ भण्डारी, ग्लोबल कलेज दमकका प्राचार्य गुणराज अधिकारी, चुलाचुली बोर्डिंङ स्कूल दमकका प्रिन्सीपल चन्द्रप्रकाश राई, पूर्वाञ्चल आवासीय अंग्रेजी स्कूलका प्रिन्सीपल पवन सिटौला लगायत अभिभावकहरुको समेत सहभागिता रहेको थियो ।
कार्यक्रमकै दौरानमा आस्था कलेजले ब्याचलर पढ्नका लागि छात्रवृति स्वरूप रोशनीलाई रू १ लाख ६० हजार प्रदान गरेको छ भने ग्लोबल कलेजले अक्षी र सञ्जितालाई रु १÷१ लाखको दरले छात्रवृति प्रदान गरेको छ ।

 

Leave a Reply

Your email address will not be published.