दमकबाट लागूऔषधसहित महिला नियन्त्रणमा

दमक,२५ जेठ । प्रतिवन्धित लागुऔषधसहित दमकबाट एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा दमक–४ बस्ने ४८ वर्षीया गायत्रा गौतम रहेकी छन् । उनलाई े लागुऔषध बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए ।
गौतमको शरीर तथा घरकोठाहरु खानतलासी लिँदा उनले बट्टाभित्र लुकाई राखेको प्रतिबन्धित लागुऔषध खैरोहिरोइन ९ ग्राम ५३० मिलिग्राम बरामद गरिएको थियो ।प्रहरीले सो घटनाका बारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published.