जेसीजद्धारा लागूऔषध रोकथाम सम्बन्धी अनुशिक्षण

दमक,२० जेठ । दमक जेसीजले आइतवार दमक–७ स्थित पृथ्वी माध्यमिक विद्यालयमा लागुऔषध दुव्र्यसन नियन्त्रण तथा रोकथामका लागि सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।दमक नगरपालिकाको सहकार्यमा विद्यार्थीहरुका लागि आयोजित एक दिवसीय सचेतनामूलक कार्यक्रममा लागूऔषध ,दुव्र्यसनका विषयमा इलाका प्रहरी कार्यालय दमक र लखनपुरस्थित शान्तभाव सुधार गृहका सहजकर्ताले प्रशिक्षण प्रदान गरेको महासचिव सहदेब भट्टराईले जानकारी दिए ।
दमक जेसीज वर्ष २०२४ का अध्यक्ष रामचन्द्र अधिकारीको अध्यक्षता तथा दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा दमक ७ का वडाअध्यक्ष भिम पौडेल, वडा सदस्य अतित वान्तवा राई ,तारा रणपहेली, दमक जेसीजका पूर्व अध्यक्षहरु तथा सिनेटरहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रमको संयोजक सरोज ढकाल रहेका थिए ।

 

Leave a Reply

Your email address will not be published.