एकल महिला मङ्सिरीले पाईन् नागरिकता

पथरीशनिश्चरे, ७ जेठ । मोरङको पथरीशनिश्चरे- ८ की एकल महिला मङ्सिरी राईले ७१ वर्षको उमेरमा नेपाली नागरिकता प्रमाणपत्रको प्राप्त गरेकी छिन् ।आज उनले पथरी शनिश्चरे वडा नं ८ का वडाअध्यक्ष नवीन कार्कीको पहलमा जिल्ला प्रशासन कार्यालय मोरङबाट प्राप्त गरेकी हुन्।
वडाध्यक्ष कार्कीले आफै विभिन्न कार्यलयमा पहल गरी वृद्धा राईलाई नेपाली नागरिकता दिलाएका छन्। अब ७१ वर्षीया राईले सामाजिक सुरक्षा भत्ता खाने बाटो समेत खुलेको छ ।
श्रीमानको निधन भएको धेरै समय बितिसक्दा पनि नागरिकता नभएकै कारण सामाजिक सुरक्षा भत्ता पाउन सकेकी थिइनन् ।उनले नेपाली भएर पनि नागरिकता प्राप्त गर्न सकेकी थिइनन् । नागरिकता बनाउँदा सनाखत गरिदिने आफन्त कोही नहुदाँ जनप्रतिनिधिले सनाखत गरिदिन मिल्ने कानुनी व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published.