मजदुर दिवसमा रक्तदान ,४१ पिन्ट रगत संकलन

दमक,१९ बैशाख । १३५औं बिश्व मजदुर दिवसका अवसर पारेर बुधबार दमकमा खुला रक्तदानमा ४१ पिन्ट रगत संकलन भएको छ ।स्वरोजगार हलुका सवारी श्रमिक संस्था तथा नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक इकाई समितिको संयुक्त आयोजनामा भएको रक्तदानमा दुबै संस्थाका प्रतिनिधि ,सर्बसाधारणहरु गरि ६ महिलासहित ४१ जना रक्तदाताहरुले रगतदान गरेका थिए ।
त्यस्तै, लामो समयदेखि अनुशासित र आफ्नो जिम्मेवारी कुशलता पूर्वक निर्वाह गर्दै आएका चालकद्धय मोहन पौड्याल र शैलेन्द्र शेर्मालाई सम्मान गरिएको थियो ।

दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रममा आयोजक संस्था स्वरोजगार हलुका सवारीका अध्यक्ष बालकृष्ण श्रेष्ठले रगतदान गरि रक्तदान शुभारम्भ गरिएको थियो । रक्तदानमा सहभागीहरुलाई प्रसंशा पत्र बितरण गरिएको थियो । रक्तदानमा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईं , दमक ६ नम्बरका वडाअध्यक्ष टेकबहादुर थापा ,वडा नम्बर २ का अध्यक्ष प्रजापति सापकोटा ,इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी निशान थापा , दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष रवि केसी,साथीभाइ समूहका अध्यक्ष गंगा सिटौला,नेपाल यातायात मजदुर संघका केन्द्रीय सचिव रमेशकुमार कामत(विस्वास),दमक ट्राफिक प्रमुख सुरेन्द्रकुमार खड्का , जीवन चक्र समाजका सचिव गणेश प्रधान ,दमक क्याम्पस प्राध्यापक बिनोद चापागाईं, दमक जेसीजका पूर्व अध्यक्ष चन्द्र खत्री लगायतको उपस्थिति रहेको हलुका सवारी अध्यक्ष दिनेश भट्टराईले बताए । रक्तदान नेपाल रेडक्रस सोसाइटी दमक उपसाखा रक्तसञ्चार सेवा केन्द्रको प्राबिधिक सहयोगमा भएको थियो।
सोही अवसरमा दमकको टयाक्सी स्टेण्डलाई थप ब्यबस्थित बनाउन हालको ठाँउदेखि पूर्वतर्फको बसपार्कमा एकीकृत रुपले सारिएको थियो ।

Leave a Reply

Your email address will not be published.