दमक,१७ बैशाख । दमकका खानेपानी उपभोक्ताहरुले न्यूनतम पानी उपभोग गरे अवदेखि मासिक रु ५० तिरे पुग्ने भएको छ । यसअघि भने ८ यूनिट हाराहारीको न्यूनतम पानी महषुल १३० रुपैया बुझाउदैआएका थिए ।
खानेपानी तथा सरसफाई उपभोक्ता संस्था दमकको नवनिर्वाचित समितिको आइतवार सम्पन्न पहिलो बैठकले न्यूनतम पानी महषुलको दररेट शंसोधन गर्ने निर्णय गरिएको अध्यक्ष रवि केसी न्यौपानेले जानकारी दिए । तर, सो निर्णय भने आगामी आर्थिक बर्षको साउन १ गते लागू हुने छ ।
यसैगरि, बैठकले खानेपानी दमकको स्वच्छता तथा पहुँचतामा जोड दिन बर्षभरि कार्यालय सुचालु गर्ने तथा कतिपय उपभोक्ताहरु घरमा नहुदाँ धारा जडानका क्रममा हुर्दैआएको असुविधा हटाउने निर्णय भएको उनले जनाएका छन् ।
यसैगरि, खानेपानीको उपभोक्ता परिचयपत्र बनाउन छुट भएका सवै उपभोक्ताहरुको फोटोसहितको परिचय पत्र खिचाउने कार्य पुनः सुचारु गर्ने समेत निर्णय भएको अध्यक्ष केसीले बताएका छन् ।
बैठकले खानेपानी संस्थालाई सघाउँ पुरयाँउन दुई विषयगत उपसमितिहरु गठन गर्नुका साथै गत चैत २३ गते भएको संस्थाको कार्यसमिति तथा लेखा समितिको निर्वाचन सम्पन्न गराउन सहयोग पुरयाँउने निर्वाचन समिति,राजनीतिक दल, उपभोक्ताहरु प्रति हार्दिक धन्यवाद दिने समेत निर्णय भएको संस्थाकी सहसचिव दिलु सुब्बाले बताईन् ।
दमकमा अहिले करिव १३ हजार खानेपानीका उपभोक्ताहरु रहेका छन् । तर, गएको खानेपानीको निर्वाचनमा भने ती मध्ये आधा उपभोक्ताहरु मात्र मतदाता रहेका थिए ।