दमक,१५ बैशाख । दमक जेसीजले यसवर्ष पनि नयाँ वर्ष २०८१ को क्यालेण्डर प्रकाशन गरेको छ । शुक्रवार दमक जेसीज सचिवालयमा शुभकामना आदानप्रदान गरि क्यालेण्डर सार्वजनिक गरिएको हो ।
दमक जेसीजले संस्थागत गतिविधिहरु समेटर बर्षेनी नयाँ वर्षमा क्यालेण्डर प्रकाशन गरिआएको महासचिव सहदेव भट्टराईले बताए । क्यालेण्डरको नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष घनश्याम चौधरी,पूर्व अध्यक्षहरु लगायतले संयुक्त रुपमा विमोचन गरे ।
त्यस अवसरमा राष्ट्रिय उपाध्यक्ष चौधरीसहितको टोलीले दमक जेसीज शाखाका बारेमा अध्ययन भ्रमण समेत गरेको अध्यक्ष रामचन्द्र अधिकारीले बताए ।