आगलागीबाट क्षति, लाइफलाइन अस्पतालको डाइलोसिस सेवा प्रभावित

दमक,२७ चैत । झापाको दमक -५ मा रहेको लाईफलाईन अस्पतालसंगैको एक होटलमा आज राति आगलागी हुँदा करोडौको क्षति भएको छ ।लाइफलाइन अस्पताल छेउमा रहेको प्रेमबहादुर धिमालको स्नेहा होटलबाट साँझ ७ बजेतिर आगलागीबाट उनीसहित धिमालसंग जोडिएको लाइफलाइन अस्पतालको डाइलोसिस भवन क्षति पुगेको छ । त्यस्तै, आगोले अन्य दुई वटा होटलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार आगलागीबाट धिमालको ९२ लाख बराबरको धनमालमा क्षति भएको छ । त्यस्तै नजिकै रहेको लाइफलाइन अस्पतालको डाइलोसिस गर्ने मेशिनमा क्षति पुग्दा डेढ करोडबराबरको क्षति भएको जनाइएको छ । डाइलोसिस भवनका विभिन्न उपकरणहरु जल्दा सेवा नै प्रभावित हुन पुगेको अस्पतालका अध्यक्ष डा. मुक्तिनाथ भटटराईले बताएका छन् । त्यस्तै मेघबहादुर तामाङको रुवि होटलमा पनि क्षति हुदाँ करिव १६ लाख र थप एक घरमा पनि क्षति पुग्दा करिव दुई लाख बराबरको क्षति भएको दमक प्रहरीले जनाएको छ ।
स्थानीय एक महिलाका अनुसार त्यहाँ मच्छड धपाउन बालिएको क्यारेटबाट सल्किएको आगो छेउमा रहेको कपडामा सल्किदा सो घटना हुन गएको हो ।
आगो निभाउन दमक नगरपालिकासँगै कमल गाउँपालिका, पथरीशनिश्चरे नगरपालिका, उर्लाबारी नगरपालिका लगायतबाट ६ वटा वारुण यन्त्रसहित अग्नी नियन्त्रक टोली परिचालन गर्नुपरेको थियो ।
राति ८ बजेतिर आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

  अस्पतालको क्षतिग्रस्त डाइलोसिस कक्ष

Leave a Reply

Your email address will not be published.