दमकको एक खाजा घरमा आगलागी,लाखौंको क्षति

दमक ,२७ चैत । झापाको दमक ५ स्थित लाईफलाईन अस्पताल नजिकको एक खाजा घरमा आगलागी भएको छ । अस्पताल नजिकै रहेको खाजा घरमा आगलागी हुदाँ लाखौ मूल्यको क्षति भएको अनुमान प्रहरीले गरेको छ ।
आगो नियन्त्रणका लागि दमकसहितको दमकल प्रयोग भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपक्ष्ीराक कृष्णकुमार चन्दले जानकारी दिए । क्षतिको विवरण आउन सकेको छैन् ।
खोटाङमा आगलागीमा परी तीन घर जलेर नष्ट
खोटाङको विभिन्न तीन पालिकामा आगलागी हुँदा ३ वटा घर जलेका छन्। हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटार दाल्फुका वसन्त राई, दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका प्रेमकुमार राई र रावाबेसी गाउँपालिका–४ डुम्रेधारापानीका चन्द्रबहादुर विश्वकर्माको घरमा आगलागी भएको हो। हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित अररे सामुदायिक वनबाट सुरु भएको डढेलोले सोमबार वसन्त राईको घर जलेको हो।
प्रेमकुमार राईको घरमा विद्युत् सर्ट भएर आगलागी हुदाँ उनको घरसहित दुई तोला सुन, ६ तोला चाँदी, नगद ३० हजारलगायत गरी ६० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । रावावेसीका विश्वकर्माको घरसहित नगद ४० हजार, सोलार प्यानल, ब्याट्री नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डीएसपी पुरुषोत्तम खड्काले बताए ।

 

Leave a Reply

Your email address will not be published.