सुनसरीमा निषेधाज्ञा:भुटाहामा दुई समूहबीच झडप

विराटनगर,२३ चैत । सुनसरीको हरिनगरा गाउँपालिका र देवानगंज गाउँपालिकाको १ र ७ नम्बरवडा लक्षित गर्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।सुनसरीका कायम मुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयलले जारी गरेको आदेशमा अर्को सूचना नभएसम्मका लागि ती स्थानमा सामाजिक, धार्मिक, राजनीतिक सभा, ¥याली, भेलाजम्मा, प्रदर्शनलगायतका कुनै पनि कार्यक्रमहरु नगर्न र नगराउन उल्लेख छ ।

सो क्षेत्रमा बिहीबार एक समूहले एक युवालाई आक्रमण गरेको विषयमा विवाद बढ्दै गएको थियो । दुई समूहबीच बढेको विवादले उग्र रुप लिने भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

आज मध्यान्न १२ बजेबाट अर्को सुचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । एसइइ परीक्षाको क्रममा हरिनगर गाँउपालिका १ मा रहेको बालकृष्ण माविमा भएको कुटपिटपछि दुई समुदायबीच तनाब भएको स्थानीयले बताएका छन् ।दुवै समूहका स्थानीयहरु झडपमा उत्रिएपछि हरिनगर गाँउपालिकामा बिहानैबाट तनाव सृजना भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । स्थानीय जीवन मेहतामाथि कुटपिट भएपछि दुई समूहबीच झडप भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

भुटाहामा झडप नियन्त्रण गर्न प्रहरीले चलायो गोली
सुनसरीको भुटाहामा दुई समूहबीच झडप हुने अवस्था सिर्जना भएपछि प्रहरीले हवाइ फायर र अश्रुग्याँस प्रहार गरेको छ ।सुनसरी जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी प्रशासकीय अधिकृत केशव खतिवडाले कफ्र्यु उल्लंघन भएपछि अश्रुग्याँस र हवाई फायर गरेको उनले बताए । ‘अहिलेसम्ममा आधा दर्जनको हाराहारीमा हवाई फायर र अश्रुग्याँस छोडिएको छ । मानवीय नोक्सानी र सार्वजनिक सम्पत्तीको नोक्सानी रोक्न बल प्रयोग गरेको हो । भीड नियन्त्रणका लागि हामीले सुरक्षाकर्मीहरु परिचालन गरेका छौं । अहिलेसम्म कोही पनि घाइते भएको जानकारीमा आएको छैन,’ उनले भने ।

Leave a Reply

Your email address will not be published.