दमक ,३ चैत । श्रीकृष्ण रथयात्रा दमकको अध्यक्षमा पुनः रोहित आचार्य चुनिएका छन् । रथयात्रा व्यवस्थापन समितिको शनिवार सम्पन्न प्रथम बार्षिक साधारणसभाले आचार्यको अध्यक्षतामा कार्यसमिति चयन गरेको हो ।
१३ सदस्यीय समितिको उपाध्यक्षमा सुनिल अग्रवाल, सचिवमा प्रेम भट्टराई, सहसचिवमा कृष्णप्रसाद अधिकारी र कोषाध्यक्ष इन्दु बस्नेत चयन भएका छन् ।समितिको सदस्यहरुमा लक्ष्मण श्रेष्ठ, रामप्रसाद चाम्लिङ, सीमा अग्रवाल, गायत्रा लामिछाने, पारश आचार्य, देवी गिरी, हरी अधिकारी र शेखर खड्का रहेका छन् ।
दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा उपप्रमुख रेगिना भट्टराई, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईं, पशुपति आध्यात्मिक महिला समूहकी अध्यक्ष डोयना दाहाल लगायतले नवगठित समितिलाई बधाई तथा शुभकामना मन्तब्य राखेका थिए ।
रथयात्रा समितिको निर्वाचन सम्पन्न गर्न डम्बर बरालको संयोजकत्वमा सदस्यहरु मुकेश अग्रवाल र आरसी अधिकारी रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।
साधारण सभाले बिधान संसोधनसहित दुई आर्थिक बर्षको आर्थिक तथा सांगठानिक प्रस्तुत प्रतिवेदन समेत सुझावसहित पारित गरिएको सचिव भट्टराईले जानकारी दिए । रथयात्रा समितिमा व्यक्ति तथा संस्थागत गरि ५४ जना आजीवन सदस्य र ९० जना साधारण सदस्य आवद्ध छन् । साधारणसभा दमक -७ स्थित राधाकृष्ण मन्दिरमा भएको थियो ।