दमक,३ चैत । दमक -५ मा रहेको कर्नरस्टोन फाउण्डेशनले शनिवार विभिन्न कार्यक्रम गरि आठौ बार्षिकोत्सव मनाएको छ ।स्थानीय मातृभूमि अतिथि सदनमा बार्षिकोत्सव विशेष कार्यक्रममा विद्यार्थीहरुले विभिन्न गीत, नृत्य निवन्ध र वक्तृत्वकलाको प्रस्तुतिहरु गर्नुका साथैं अभिभावकहरुवीच मनोरञ्जनात्मक खेलकुद लगायतका कार्यक्रम समेत गरिएको फाउण्डेशनले जनाएको छ ।
विद्यार्थीका अभिभावक र विद्यार्थीहरुको उल्लेखीय सहभागिता रहेको सो कार्यक्रममा प्लेगु्रपदेखि कक्षा ६ सम्मका विद्यार्थीहरुले सामूहिक र एकल नृत्यसहितका प्रतिभा प्रस्तुति दिएका थिए ।
दमक नगरपालिकाका सामाजिक विकास शाखाको प्रमुख केशव प्रसाईको प्रमुख आतिथ्यतामा भएको बार्षिकोत्सवमा बोल्दै सहभागि वक्ताहरुले विद्यार्थीहरुलाई पढाईसंगै अतिरिक्त क्रियाकलापमा जोड दिन सके यसबाट थोरै भएपनि स्थानीय शैक्षिक विकासमा टेवा पुग्ने औल्याएका थिए ।
बार्षिकोत्सव कार्यक्रममा विद्यालयका प्रधानाध्यापक युवराज गजमेरले विद्यार्थीलाई ब्यवहारिक संगै फरक किसिमले शिक्षा दिने कोसिसमा आफूले काम गरिआएको जानकारी दिए ।