दमक , ३ चैत्र । यहाँस्थित साहित्यकला सङ्गमले आफ्नो रचना वाचनको ३७ ओ श्रृङखला शुक्रवार एक कार्यक्रमका बिच सम्पन्न गरेको छ।उक्त कार्यक्रममा साहित्यकारहरुले आफ्ना नव सिर्जनाहरु प्रस्तुत गरेका थिए । रचना वाचन गर्ने साहित्यकारहरुमा साहित्य कला सङ्गमका अध्यक्ष बिष्णु न्यौपाने, उपाध्यक्षहरु ,यादवप्रसाद अधिकारी ,दुर्गा काफ्ले ,कोषाध्यक्ष ओमप्रसाद खनाल र साहित्यकारहरु पदम प्रसाद ओली, दुर्गाप्रसाद सिग्देल,खेमलाल पोख्रेल र यादवप्रसाद नेपालले छन्दोबद्ध कविता वाचन गरेका थिए ।
यसैगरि , साहित्यकारहरु अम्विकाप्रसाद सापकोटा, मेघनाथ बन्धु, बिरेन्द्र खडका , रामकुमार उपाध्याय,हिमाल सुब्बा गुराश, नेत्रप्रसाद अधिकारी,दुर्गा प्रसाद चम्लागाई,सीता ढुङ्गाना लगायतले गजल,मुक्तक, र गद्य कविता वाचन गरेका थिए । दमकका अग्रज साहित्यकार खेमलाल पोख्रलको प्रमुख आतिथ्यतामा र साहित्यकार दुर्गाप्रसाद सिग्देलको बिशिष्ठ आतिथ्यतामा भएको उक्त रचना बाचन कार्यक्रम साहित्य कला सङ्गमका अध्यक्ष बिष्णु न्यौपानेको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन सङ्गमका उपाध्यक्ष दुर्गा काफ्ले (खनाल) ले गरेकी थिईन ।साहित्य कलन सङ्गमले हरेक महिनाको पहिलो शुक्रवार सिर्जनशिल रचना वाचन कार्यक्रम सञ्चालन गर्दै आएको छ ।