प्रस्तावित पथरी रंगशालाको स्तरोन्नति द्रुत गतिमा हुँदै

पथरी , ३० फागुन । मोरङको पथरी शनिश्चरे वडा नं १ जाँते मोडमा रहेको प्रस्तावित पथरी रंगशालाको स्तरोन्नति हाल द्रुत गतिमा भैरहेको छ ।एक महिनाअघिदेखि पथरी शनिश्चरे नगर खेलकुद विकास समिति र पथरी ११ फुटबल क्लबको सहकार्यमा सो खेल मैदानको स्तरोन्नति भैरहेको हो ।
दैनिक ६ घण्टा पानी हालेर झार उमार्ने कार्यलाई निरन्तर रुपमा अघि बढाइएकोछ । सय मिटर पश्चिमतर्फको पथरी खोलाको पानी डिप बोरिङमार्फत् खेल मैदानमा पानी हाल्ने कार्य भइरहेको पथरी ११ का सचिव सुमन विकले बताएका छन्।खेल मैदानमा हरेक दिन झार उमार्ने कार्यको अवलोकन भइरहेको पथरी ११ का प्रमुख सल्लाहकार भिष्म बुढाथोकीले जानकारी दिए ।
अहिले खेल मैदान वरीपरी तार जालीले पनि घेरिएको छ । तारजाली भने शान्ति सामुदायिक वन उपभोक्ता समितिले उपलब्ध गराएको हो । अझै ३ महिनासम्म झार उमार्ने कार्यलाई निरन्तरता दिइने र सो मैदानमा कुनै पनि खेलकुदका गतिविधि संचालन नगरिने नगर खेलकुद विकास समितिका संयोजक दीपक राईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.