झापा गोल्डकपको उपाधिका लागि चर्च ब्वाइज र एपीएफ एफसी खेल्दै

झापा, २८ फागुन । झापाको विर्तामोडमा जारी छैटौं झापा गोल्डकपको उपाधिका लागि आज चर्च ब्वाइज युनाइटेड र सशस्त्र प्रहरीको एपीएफ एफसीबीच आम्नेसाम्ने हुदै छन् ।बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी छैटौं झापा गोल्डकपको उपाधिका लागि पहिलो पटक सहिद स्मारक ए डिभिजन लिग बिजेता चर्च ब्वाइज र यसअघिका पाँच संस्करणमा सहभागी भएको एपीएफ फाइनलमा पुगेको यो पहिलो पटक सफल भएको हो । दुवै टिमले उपाधि उचाल्ने दावी गरेका छन् । फाइनल खेलको पूर्व सन्ध्यामा आइतवार बिर्तामोडमा आयोजित प्रि–म्याच कन्फ्रेन्समा दुबै टिमले उपाधि हात पार्ने दाबी गरेका छन् ।
१९ फागुनदेखि शुरु भएको झापा गोल्डकपको बिजेताले १३ लाख रुपैयाँ नगद पुरस्कार, आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । उपबिजेताले ७ लाख रुपैयाँ पाउने छ । फाइनलमा प्रत्येक खेलाडीले जनही २५ हजार रुपैंयाँ बिधागत पुरस्कारको रुपमा पाउने छन् । प्रतियोगितामा आयोजकसहित १० वटा टिमको सहभागिता रहेको थियो ।
आज हुने समापन कार्यक्रममा विभिन्न संगितिक कार्यक्रमहरु समेत आयोजना गरिएको झापा गोल्डकपका अध्यक्ष विनोद वस्नेतले जानकारी दिए । उनले छैठौं झापा गोल्डकप सफल बनाउन दर्शकहरुको उत्साहजन सहभागिता रहेको भन्दै आजको फाइनल खेल हेर्न नछुटाउन सबैलाई आग्रह गरे । आज हुने सामापन कार्यक्रममा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा प्रमुख अतिथीको रुपमा रहने बताइएको छ ।

Leave a Reply

Your email address will not be published.