दमक,२३ पुस । नेपाली कांग्रेस कमल गाउँपालिकाको सभापतिको जिम्मेवारी खगेन भण्डारीले पाएका छन् ।त्तत्कालीन सभापति बुद्धिराज न्यौपानेले २०८० जेठ २५ गते पार्टी त्यागगरेसंगै नेतृत्वको जिम्मेवारी विादीत बन्न पुगेको थियो । उनी अहिले डा. सिके राउत नेतृत्वको जनमत पार्टीमा छन् ।
कांग्रेस झापाले आइतवार पत्र पठाएर सभापतिको रुपमा भण्डारीलाई जिम्मेवारी तोकेको उल्लेख छ । पार्टी जिल्ला सभापति देउमान थेवेद्धारा हस्ताक्षरित जिम्मेवारी पत्रमा भनिएको छ , –‘गएको १४ औ महाधिबेशनको क्रममा भएको त्यस पालिकाको सभापति पदको निर्वाचनमा बराबरी मत ल्याई आधा आधा कार्यकाल आलोपालो नेतृत्व गर्ने लिखीत सहमति मुताविक भण्डारीलाई सोहि अनुसार कार्यसम्पादन गर्न निर्देशन गरिन्छ ।’
कमल गाउँपालिका अघि साविक तोपगाछी गाविस हुदाँ उनी पार्टी सभापति थिए । पछि तोपागछी र लखनपुर गाविस मिलाएर कमल गाउँपालिका भएपछि केहि वर्ष उनै भण्डारीले सभापतिको जिम्मेवारी सम्हालेका थिए । भण्डारीले स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार विरुद्ध लागेको भन्दै कतिपय कार्यकर्तामा गुनासो थियो । त्यही दबाबका कारण उनले सभापतिको जिम्मेवारी पाउन नसक्दा उपसभापति पदम निरौलाले कार्यवहाकका रुपमा कार्यसम्पादन गरिआएका थिए ।
१४औ महाधिबेशन अन्तर्गत कमलमा १४ असोज २०७८ मा सम्पन्न आन्तरिक पार्टी सभापतिको निर्वाचनमा भण्डारीले ६५-६५ मत प्राप्त गरेका थिए ।पार्टी नेतृत्वमा पाएको मतको जनादेश अनुसार सभापतिको पहिलो खण्डमा न्यौपाने र दोश्रो खण्डमा भण्डारीलाई सभापतिको जिम्मेवारी दिने लिखित सहमति भएको थियो ।