सूर्यदर्शन शाकोसको अध्यक्षमा पुनः सापकोटा , लेखामा मुखिया

दमक,२१ मंसिर । दमक -६ स्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था सञ्चालक समितिको अध्यक्षमा पुनः टिकाराज सापकोटा चुनिएका छन् । आज सम्पन्न संस्थाको १४ औं बार्षिक चुनावी साधारणसभाबाट लगातार तेश्रो कार्यकालका लागि उनी अध्यक्षमा निर्विरोध चुनिएका हुन् ।
निर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा रुद्रबहादुर अधिकारी, सचिवमा कमलप्रसाद नेपाल तथा सदस्यहरुमा बलराम पराजुली, अशोक चौधरी, गोबिन्द सेनेहाङ, नारायण प्रसाद खतिवडा, रेनु मिश्र र दुर्गादेवी श्रेष्ठ निर्विरोध चयन भएका छन् । त्यस्तै,पुनः डिल्लीराम मुखियाको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरिबेक्षण समिति चयन भएको छ । समितिको सदस्यद्धयमा खगेन्द्र नेपाल र हेम कुमारी थापा चयन भएका छन् ।
उत्कृष्ठ सदस्यलाई सम्मान तथा पुरस्कार
राष्ट्रिय सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष तथा संविधानसभा सदस्य ओमदेवी मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न सभाको उद्घाटनमा संस्थामा कारोवार गर्ने उत्कृष्ठ शेयर सदस्य  र नियमित बाल बचत कर्ताहरु सक्षम भुजेलसहित ४० जना बालबालिकालाई पुरस्कृत गरिएको थियो । सभामा प्रस्तुत अध्यक्ष सापकोटाद्धारा प्रस्तुत बार्षिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समिति संयोजक मुखियाले प्रस्तुत गरेका लेखा प्रतिवेदन सुझाव सहित पारित गरेको संस्थाका प्रवन्ध निर्देशक अरुण भण्डारीले जानकारी दिए । सभाले देवदर्शन सहकारीसँग एकीकरणको प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ ।
यससँगै अब ति दुई संस्थाबीच एकीकरण हुने बैधानिक बाटो खुल्ला भएको र सदस्यहरुको संख्या ६ हजार ९ सय ६ पुगेको उल्लेख छ । त्यस्तै शेयर पूंजी १७ करोड ८६ लाख ७७ हजार ,कुल कारोवार रु २ अर्व १६ करोड ६६ लाख नाघेको प्रतिवेदनमा उल्लेख छ ।

सभामा सहकारी अभियान्ताहरु चन्द्रकुमारी खडका भट्टराई, प्रेम कोइराला, चुडामणी ओझा, खोमप्रसाद बगाले, दमक नगरपालिकाका सहकारी शाखा प्रमुख इच्छाराम चम्लागाइँ लगायतको आतिथ्य रहेको थियो । सभाको सञ्चालन राजकुमार खडकाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.