पाण्डेको उपचारमा चुलाचुलीका पूर्व विद्यार्थीहरुको सहयोग

दमक,२१ मंसिर । रक्त क्यान्सरबाट पीडित झापा, दमक -१ स्थित चुलाचुली अंग्रेजी बोर्डिङ स्कूलका शिक्षक अनिश पाण्डेको उपचारमा सहयोग जुट्ने क्रम बढ्दै गएको छ ।विरामी पाण्डेको उपचारमा सघाउँ पुरयाँउन स्कूलसहित स्कूलका पूर्व विद्यार्थीहरुले स्वच्छिक रुपमा सहयोग जुटाएका स्कूलका प्रिन्सीपल चन्द्रप्रकाश राईले बताए । उनका अनुसार विरामीको उपचारमा पूर्व विद्यार्थीहरु देवराज लिम्बू, डा. सोफिया थुलुङ र हरि दाहालको अगुवाईमा संकलित रु १ लाख ५३ हजार ५६५ रुपैया सहयोग प्राप्त भएको छ । यसअघि समेत स्कूलले सञ्चालक, शिक्षक र विद्यार्थीहरुबाट पटक पटक गरी रु दुई लाख बीस हजार सहयोग विरामीका परिवारलाई प्रदान गरिएको स्कूलले जनाएको छ ।
विगत १० बर्षदेखी सो स्कूलमा कार्यरत शिक्षक पाण्डेको उपचारमा थोरै भएपनि राहत पुरयाँउन सो सहयोग प्रदान गरिएको डा. थुलुङले बताईन् । आर्थिक अवस्था कमजोर भएका उनी तीन महिनादेखि भारतको दिल्लीस्थित राजीव गान्धी क्यान्सर हस्पिटलमा उपचारत छन् ।
३ महिना अघि बुबाको निधन पछि दुःख बार्ने क्रममा उनमा एक्कासी स्वास्थ्यमा समस्या भई परीक्षणका क्रममा क्यान्सर देखिएको थियो ।विरामीको भनाई उद्दृत गदैं प्रिन्सीपल राईका अनुसार विरामीका लागि दिल्लीमा उपचार गर्न करिव रु ४० लाख खर्च लाग्ने अस्पतालले जानकारी गराएको छ । उनको उपचारमा हालसम्मको कमाएको सवै खर्च भईसकेको र त्यतिका सहयोग जुटाउन परिवारले धान्न नसक्ने भएकाले परिवारमार्फत सवैसंग सहयोगको याचना गरिएको प्रिन्सपील राईले बताए ।
१ साना छोरो र १ महिनाकि काखे शिशु , सुत्केरी पत्नी र वृद्ध आमाकी उनी एक्ला सहारा आफै जीवन मरणको लडाइँ लड्दै आउनुपरेको स्कूलले उल्लेख छ । उनले विरामीलाई बचाई दिन देश,विदेशका सवै मनकारीहरुसंग सहयोग पुरयाँई दिन अनुरोध गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published.