माटोको ढिस्कोले पुरिएर मोरङमा महिलाको मृत्यु

मोरङ , १३ कात्तिक । मोरङको बेलबारीमा माटोको ढिस्कोले पुरिएर आइतवार साँझ एक जनाको मृत्यु भएको छ ।ढिस्कोले पुरिएर बेलबारी नगरपालिका–१० सुनिता राजवंशीको मृत्यु भएको हो । प्रहरीका अनुसार बेलबारी–८ स्थित बलुवाईमा बाँसको झ्याङमुनि माटो खन्ने क्रममा अचानक ढिस्को खसेर उनलाई पुरेको थियो ।
ढिस्कोले पुरेपछि सँगै माटो खन्न गएकी स्थानीय गीता राजवंशीले उनको उद्धार गरेकी थिइन् । गम्भीर घाइते अवस्थामा उपचारका लागि उनलाई विराटनगरको नोबेल शिक्षण अस्पताल लगिएको थियो। उनलाई साँझ ५ बजेतिर चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.