भद्रपुर, २४ असोज । भद्रपुर नगरपालिका–२ स्थित रामपोखरी सामुदायिक वनस्थित कमलधाप सिमसार क्षेत्रमा आज विहान बयस्क एउटा हात्ती मृत फेला परेको छ ।सिमसारको दलदलमा डुबेको अवस्थामा सो मृत हात्ती फेला परेको हो ।
जिल्ला सामुदायिक बन महासंघ झापाका अध्यक्ष बेदप्रकाश भण्डारीले हात्तीको अगाडिको भाग हिलोमा डुबेको अवस्थामा फेला परेको जानकारी दिए ।