दमक,२३ असोज । झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंमाथि काठमाण्डौमा दुब्र्यबहार गरिएको बिरोधमा आज दमकमा प्रदर्शन निकालिएको छ ।राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियानको ब्यानरमा बिरोध प्रदर्शन गरिएको हो ।
दमकको गोर्खा डिपार्टमेन्ट स्टोर्स अगाडीबाट निकालिएको बिरोध र्याली दमक चौकमा आएर कोणसभामा परिणत भएको थियो । नेकपा एमालेका अध्यक्ष केपी ओली र एमाले नेता महेश बस्नेतको निर्देशनमा प्रसाईं माथि दुब्र्यबहार भएको भन्दै बिरोध प्रदर्शनमा सहभागिहरुले ओली र बस्नेत बिरुद्ध नाराबाजी गरेका थिए ।
कोणसभामा बोल्दै महाअभियानका दमक संयोजक रामप्रसाद नेपालले बर्षौ देखि देश लुट्न पल्किएकाहरुले दुर्गा प्रसाईंर्लाइ दुब्र्यबहार गरेको आरोप लगाए ।
गरिब दुखी नेपालीको आवाज बोलेकोले त्यसलाई दबाउन यस्तो हर्कत भएको भन्दै उनले यस्ता घटनाले आफुहरुको अभियान नरोकिने उल्लेख गरे । प्रसाईंको अभियानलाई देशभरबाट साथ रहेको भन्दै महाअभियान दमकका संयोजक नेपालले अभियान अझ शसक्त भएर लैजाने चेतावनी दिए ।