व्यापारी श्रेष्ठद्धारा वाणीका १५० विद्यार्थीलाई पोशाक प्रदान

दमक,१९ असोज । दमकका पूराना कपडा व्यवसायी दिपक श्रेष्ठले झापाको कमल गाउँपालिका -६ गुहावारीस्थित बाणी माध्यमिक बिद्यालयमा अध्ययनरत १५० जना विद्यार्थीलाई विद्यालय पोशाक उपलव्ध गराएका छन् ।
श्रेष्ठले विद्यालय पुगेर त्यहाँ अध्ययनरत गरिव तथा जेहेन्दार १५० जना विद्यार्थीलाई विद्यालय पोशाक सर्ट र पाईन्ट उपलब्ध गराएका हुन् । दाता श्रेष्ठले पुरयाँएको सहयोगबाट यस विद्यालयका गरिब, ज्याला मजदुरीका बालबलिकाहरु प्रत्यक्ष रुपमा लाभाव्दित भएको विद्यालयका अध्यक्ष अरुण भण्डारीले बताए ।
यसैवीच पालिका अध्यक्ष हुकुमसिंह राईले दाता श्रेष्ठले पुरयाँएको सहयोग हामी सबैका लागि अत्यन्त अनुकरणीय भएको उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published.