नेपाल किसान महासंघ झापा शाखा विस्तार

बिर्तामोड ,१७ असोज । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल किसान महासंघ झापा शाखा विस्तार गरिएको छ ।कांग्रेसको जिल्ला पार्टी कार्यालय बिर्तामोडमा भएको किसानहरुको भेलाले रतन थिङ्लावोको अध्यक्षतामा महासंघको झापा शाखा विस्तार गरेको हो । समितिको उपाध्यक्षमा शेखरनाथ अधिकारी र झमक खड्का, सचिवमा यादव गिरी र केशव सुवेदी, सहसचिवमा नेत्र विमली र कृष्ण गौतम, कोषाध्यक्षमा कुवेरधन अधिकारी रहेका छन् ।
समितिको सदस्यहरुमा प्रमोद राजवंशी, राजेन्द्र भट्टराई, महेश मेन्याङ्वो, सोमनाथ घिमिरे, सिताराम बास्तोला, दीर्घबहादुर खड्का, सुरवीर राउत, कन्हैयालाल गणेश, राजेन्द्रकुमार सापकोटा, मनज्योति तामाङ, सुकुमार मेचे, पुरारी राजवंशी, धनकुमारी गुरुङ, फुलकुमारी चौधरी, देवी कार्की, मोहन बस्नेत, गीता घले, सुनिता सोरेन, कमल गनगाई, यामबहादुर विष्ट, प्रदीप खड्का, कृष्णविक्रम बोगटी, सुन्दर धिमाल, बबिता धिमाल, होमराज लिम्बू, तारानिधि पौडेल, जीतबहादुर खड्का, सिताराम बास्तोला, खगेन्द्र गड्तौला, कृष्ण दुलाललगायत रहेका छन् ।
कांग्रेस झापाका सभापति देउकुमार थेवेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा महासंघका केन्द्रीय सदस्य कालु मेचे , कांग्रेस झापाका सचिव कृष्ण हुमागाई, कोषाध्यक्ष जलकुमार गुरुङ, महासंघका कोशी प्रदेश सभापति राजेन्द्र भट्टराई, कांग्रेस झापाका पूर्व सचिव प्रेम सम्बाहाम्फेलगायतले मन्तब्य राख्दै कुल किसानमध्ये ८० प्रतिशत किसानहरु आफैं मजदुर भएको बताउँदै किसान र मजदुरको जीवनस्तर सुधार नभएसम्म समाजवाद नआउने धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published.