बिर्तामोड , ६ असोज ।विर्तामोडमा यहि असोज ४ बाट सञ्चालनमा आएको भाटभटेनी सुपर स्टोरलाई झापाली उपभोक्ताको उत्साहजनक साथ मिलेको छ । समुदघाटनकै दिनबाट बिर्तामोडवासीको उल्लेखीय उपस्थिति पाएको भाट्भटेनिले आज तेस्रो दिनमा पनि किनमेलका लागि आउने उपभोक्ताहरुको उत्साहजनक उपस्तिति रहेको छ ।
झापाली जनताको उत्साहजनक साथ पाएको भाट्भटेनीले एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण ग्राहक महानुभावहरुले स्टोर प्रति देखाउनु भएको माया तथा विश्वासका लागि हृदयदेखिनै कृतग्यता तथा आभार ब्यक्त गर्दै भाटभटेनी परिवार गौरवन्वित भएको जनाएको छ । बिर्तामोड लगायत आम झापाली उपभोक्ताहरुको उत्साहजनक उपस्थितिलाई मध्यनजर गर्दै समुद्घाटनका अवसरमा ग्रोसरी, रेडीमेड गार्मेन्ट, फुटवेयर एवम् किचनवेयर लगायतका समानहरुमा प्रदान गरेको १० प्रतिशत तथा इलेक्ट्रोनिक्सका सामानहरुमा प्रदान गरेको २० प्रतिशत सम्मका छुटको सुबिधाहरु यथावत राखिएको जानकारी गरएको छ । साथै आगामी दिनहरुमा समेत आम उपभोक्ता हरुको यस्तै साथ र बिस्वश र हौसलाको अपेक्षा रहने जनयेको छ । १५ कट्ठा क्षेत्रफलमा करिब २ लाख ५० हजार सपिङ्ग स्पेस सहित सञ्चालनमा आएको यो स्टोरमा २ अर्ब बढी लगानी भईसकेको जनाईएको छ । यो स्टोर कोशी प्रदेशको चौथो तथा झपा जिल्लाको पहिलो हो । यसअघि कोशी प्रदेशको धरान, बिराट्नगर तथा इटहरीमा स्टोर सञ्चालनमा आइसकेको छ ।