मानव शरीरमा हर्मोन र न्युरोट्रान्समिटरको महत्व

-डा. लेखनाथ न्यौपाने

यदी मानिस तनावमा, अनावश्यक सोचमा, अनावश्यक डरमा, अनावश्यक दुःखी रहन थालेमा यो हर्मोन रगतमा वढीरहन्छ जसले मधुमेह, उच्च रक्तचाप, डिप्रेसनजस्ता रोगको जन्म गराउँछ । त्यसैले जस्तोसुकै परिस्थिती आए पनि भोली अवस्य राम्रो हुनेछ, सामाधान हुनेछ, शरीर स्वस्थ हुनेछ, आर्थिक सुधार हुनेछ भन्ने सकारात्मक सोच राखेमा यो हर्मोन चुपचाप रहन्छ र कुनै दर्घ रोग लाग्नबाट बच्न सकिन्छ । 

हर्मोन अथवा रसराग र न्युरोट्रान्समिटर मानवलगायत सबै प्राणी र वनस्पतिमा हुने आवश्यक तत्व हो । यी विभिन्न किसिम र प्रकारका हुन्छन् । शरीरका विभिन्न अङ्गबाट निस्किने यस्ता हर्मोन र रसले सम्पूर्ण शरीरमा महत्वपूर्ण भूमिका खेलिरहेका हुन्छन् । यी यस्ता केमिकल हुन जसको सहि सदुपयोग गर्न र चलाउन सके हरेक सहज र असहज दुबै अवस्थामा खुसी, हिम्मत, उपाय, बचावट र साहस प्रदान गर्न सघाउँछन् । एक प्रकारले भन्नु पर्दा हाम्रो शरीरका सिपाई हुन् हर्मोन । इच्छा, चाहना, हिम्मत, मिहेनत, यौन र खुसी सबै हर्मोनका खेल हुन् । हाम्रो शरीरमा उत्पन्न हुने धेरै हर्मोन मध्ये केहिको छोटो चिनारी यस्तो छ ।

१ कोर्टिसोल(कर्टिसोन) कोर्टिसोल मृगौला माथिरहेको एड्रिनल ग्रन्थीले उत्पादन गर्छ । सान्त र चुपचाप बस्ने हर्मोन हो कोर्टिसोल । यसले शरीरलाई तनावको सामना गर्न भूमिका खेल्छ । शरीरमा चिनिको नियन्त्रण, बोसो, प्रोटिन र कर्बोहाइड्रेट पाचनमा सहयोग गर्छ । सुजन र प्रतिरक्षा प्रणलीलाई सन्तुलित राख्छ । यदि शरीरमा अनावश्यक सोच, चिन्ता, डर र तनावको अवस्था देखिन थाल्छ भने यो हर्मोन चुपचाप बस्दैन । यसको मात्रा रगतमा वढन थाल्छ । यसको लगातार या पटक पटकको वृद्धिले शरीरलाई क्षति पुर्याउन थाल्छ । शरीर कमजोर र रोगी बन्छ । यो हर्मोन भनेको अचानक आईपर्ने समस्याको सामाधानमा मात्र उपयोग हुने तत्व हो । जस्तै हिँडिरहेका बेलामा अचानक हिंसक जनावरसँग भेट भयो, अचानक नराम्रोसँग डराइयो, कुनै दुर्घटना भयो या हुने अवस्था आयो भने यसको मात्रा वढ्न गई समस्याको सामाधान गर्न सघाउँछ ।

उदाहरण जनवर या चोर या दुर्घटनाबाट बच्न भित्तो नाग्ने, रुख चढने, प्रतिकार गर्ने, हाम फाल्ने, चिच्याउने, लुक्ने जस्ता आपतकालबाट बच्नका लागि उपाय र शक्ति उत्पादन गरेर बचाउँछ । यदी मानिस तनावमा, अनावश्यक सोचमा, अनावश्यक डरमा, अनावश्यक दुःखी रहन थालेमा यो हर्मोन रगतमा वढीरहन्छ जसले मधुमेह, उच्च रक्तचाप, डिप्रेसनजस्ता रोगको जन्म गराउँछ । त्यसैले जस्तोसुकै परिस्थिती आए पनि भोली अवस्य राम्रो हुनेछ, सामाधान हुनेछ, शरीर स्वस्थ हुनेछ, आर्थिक सुधार हुनेछ भन्ने सकारात्मक सोच राखेमा यो हर्मोन चुपचाप रहन्छ र कुनै दर्घ रोग लाग्नबाट बच्न सकिन्छ । यसबाट बच्न गहिरो सास लिने, मोबाइलगायतका साधनबाट टाढा हुँदे जाने, बिहानको घाममा बस्ने, अनावश्यक सोच आएमा ध्यान, योग गर्ने, राम्रो सिनेमा हेर्ने, मनपर्ने पुस्तक पढने, साथीभाईसँग खेल्ने, घुम्न जाने, परिवार छोराछोरीसँग समय विताउने आदि ।

२ ,डोपामीन –डोपामीन मस्तिष्क र शरीरमा बन्ने एक महत्वपूर्ण स्नायु–सन्देशबाहक रसायन(न्युरोट्रन्समिटर)हो । यसले स्नायुकोषहरुमा सन्देश आदनप्रदान गराउँछ । यस्तो रसायन हो जसले प्रेरणा र लक्ष्यतर्फ लाग्न प्ररित त गर्छ तर तत्कालको खुसीकका लागि मानिसलाई लततर्फ धकेल्न सक्छ । सजिलै खुसी र आनन्द प्रदान गर्नतर्फ लैजाने तत्व हो डोपामीन । यही हर्मोन सक्रिया हुँदा सुरुमा खुसी भइने, रोमान्टिक भइने भनेर खाइने अखाध बस्तु जस्तै मदिरा, लागुऔषत सेवन, तास जुवा, अत्यधिक मोबाइल हेर्ने बानी, परस्त्री गमन क्षणिक खुसीको हो तर यही बानी लतमा परिणत हुन जान्छ । खुसीसँग सम्बन्धित यो हर्मोनले रोमान्टिक मुड बनाउँछ तर विस्तारै त्यही मुड बानी र विस्तारै लतमा परिणत हुन पुग्छ । त्यसैले कस्तो र कुन खुसी दिर्घकालिन हो, कसले पछि लतमा परिणत गराउन सक्छ भन्ने बुझेर मात्र अगाडी वढनु राम्रो हो । जस्तो सोच र सक्रियता छ त्यसरी नै डोपामीन सक्रिय रहन्छ । यसबाट बच्न, खेलकुद, अध्याायन, व्यायाम, ध्यान, योग, आप्mनो सपना साकार पार्न मिहेनत गरेमा डोपामीन पनि तिनै कुरामा रोमान्टिक बनाउन, काममा सफल बनाउन सक्रिय रहन्छ र मानिसले आप्mनो काममा खुसी र सन्तुष्टि पाउँछ । यो रसायनलाई प्रेरणा र प्रोत्साहनको आधार पनि मानिन्छ भने यसलाई मायाजालमा फसाउने रसायन पनि भनिन्छ । किनकी यसले काम सजिलो, कम मिहेनत गर्न र आराम दिलाउन पनि भूमिका खेल्छ ।

डोपामीन रसायनको कमी भएमा नसा कमजोर हुने, प्रेरण घट्ने, उदासीन र निरास हुने हुन्छ भने लगातार कमी भएमा पार्किन्सन जस्ता शरीर काम्ने रोग लाग्न सक्छ । धेरै उत्पादन भएमा भ्रम(डिलिउजन) र मतिभ्रम(हालोसिनेसन) जस्ता समस्या देखिन सक्छन् । त्यसैले यसलाई नियन्त्रणमा राख्न व्यायाम, हिँडडुल, सन्तुलित आहार र शरीरिक परिक्षम गर्नुपर्छ ।

३ ,टेस्टोस्टेरोन –उर्जा, साहस, हिम्मत, उच्च इच्छाशक्ति, आत्मविश्वास वढाउने हर्माेन हो टेस्टोस्टेरोन । यो सेक्स हर्मोन मुख्य रुपमा अण्डकोषमा उत्पादन हुन्छ भने महिलामा थोरै मात्रामा ओभरी र एड्रिनल ग्रन्थीबाट उत्पादन हुन्छ । यो हर्मोन विशेष गरेर पुरुष प्रजननसँग जोडिएको हुन्छ । युवा अवस्थामा प्रवेश गर्दा यसको उत्पादन वढेर आउन, यौनअङ्ग वढने, दारीजुगा आउने, शरीर हलककै वढने, साहस, हिम्मत र शक्ति वढेर आउने, श्वर राम्रो हुने हुन्छ । यसले पुरुषको यौनशक्ति पनि वढाउने, जीवनमा सक्रियता ल्याउने र सन्तान उत्पानदमा भूमिका खेल्ने हुँदा उमेरसँगै पुनः यो हर्मोन घटेर जान्छ । यसलाई घट्न नदिन व्यायाम, सन्तुलित भोजन, काममा निरन्तरता, गहिरो निद्रा, साहसिक निर्णय लिन पछि पर्नु हुँदेन । सक्रिय जीवनले यो हर्मोन मात्र नभएर सबै प्रकारका हर्मोनको आवश्यक उत्पादन भएर शरीर स्वस्थ रहन्छ ।

४ ,अक्सिटोसिन –यो शक्तिशाली हर्मोन र न्युरोट्रन्समिटर हो । यो प्राय मस्तिष्कको हाइपोथेलेमसमा बन्छ र पिटिउटरी ग्रन्थीमार्फत शरीरमा प्रभाव हुन्छ । यसलाई प्रेम, सम्बन्ध र विश्वासको हर्मोन भनेर पनि चिनिन्छ । प्रेम, सम्बन्ध, साथ, सहयोग, विश्वास आदि वढाउने हर्मोन हो अक्सिटोसिन । महिलामा धेरै र पुरुषमा केहि कमी रहने यो हर्मोनको उत्पादन माया प्रेममा रहँदा, स्तनपान गराउँदा, स्पर्श आदिले वढाउँछ । यसको कमी भएमा डर लाग्ने, विश्वास घट्ने, टाढिदै जाने, एक्लो महसुस गर्ने, अविश्वासले जित्तदै जाने, भावनात्मक विषयहरुमा कमी आउने हुन्छ । सन्तानको माया, यौन आदिमा कमी आउछ । यसको वृद्धिका लागि साचो प्रेम र स्पर्श चाहिन्छ । विना अपेक्षा सहयोग, मिठो बोली र व्यवहार चाहिन्छ । पशुप्रेम र वातावरण सफा चाहिन्छ । घुम्न जान, कृतज्ञता र सहानुभुती चाहिन्छ । मिठो मुस्कान, प्रसंसा र आत्मियता वढाउनु नै यसको सन्तुलन राख्ने उपाय हो । यसको उत्पादन वढेसँगै सामान्य अवस्था आउँछ । आज समयमा यसको कमीले नैरस्यता, काममा मन नलाग्ने, असफलता, परिवार विछोड, द्धन्द्ध, आत्महत्या र मानसिक रोग, कमै सन्तान जन्मिने अवस्था वढेको पाइन्छ ।

५ ,सेरोटोनिन –दिर्घकालिन खुसी दिने न्युरोट्रन्समिटर हो सेरोटोनिन । “खुसीको रसायन” भनेर पनि चिनिने सेरोटोनिन रसायनले आफैलाई मुल्यवान सम्झिने, राम्रो मिठो बचन गर्ने, मुड बनाउने, निद्रा भावना आदि सकारात्मक राख्ने, परिश्रमी प्रकृतिको स्वभाव निमार्ण गर्न सघाउने काम गर्छ सेरोटानिनले । यो हर्मोनले न्युरोट्रान्समिटरको पनि काम गर्ने हुँदा अत्यन्तै उपयोगी हुन्छ । यसको उत्पादनमा कमी भएमा खालीखाली महशुस हुन्े, थकान महशुस हुने, केही पनि नरहेको सबै भताभुङ्ग भएको महशुस हुने हुन्छ । दिर्घकालिन असर शरीर र भावनामा देखिन्छ । यसलाई वढाई राख्न व्यायाम गर्ने, घाम ताप्ने, खेल खेल्ने, योग ध्यान र अरुको बारेमा सकारात्मक सोच्ने, अरुको मद्धत गर्ने गरेमा आफुमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ । यस्ता उपाय गरेमा सेरोटोनिन वढाउन सकिन्छ ।

हम्रो शरीरमा माथिका जस्ता धेरै हर्मोनको उत्पादन हुन्छ जस्तै थाइराइड, इन्सुलिन, मेलाटोनीन जस्ता हर्मोनले शरीरलाई स्वस्थ राख्न सहयोग गरेका हुन्छन् । विभिन्न हर्मोन र भिटामिन कमीका कारण या आवश्यक भन्दा धरै उत्पादनका भएका कारण मानिस अस्थिर र इमोसनल बनेका देख्न सकिन्छ । थाइराइड र मधुमेहजस्ता रोग लाग्नेको संख्या वढेको छ । निद्रा नलाग्ने समस्या मेलाटोनिनको कमिले उत्पन्न भएको छ । डिप्रेसनलगायतका धेरै समस्याहरु समाजमा देखिनु, सन्तान उत्पादनमा कमी आउनु, समाजमा हिंसा वढ्नु यस्तै यस्तै कारणहरुले अदृष्य रुपमा भूमिका खेरिहेका हुन्छन् । यसबाट बच्न स्वस्थ जीवनशैली अपनाउनु नै प्रमुख उपचार हो ।
(लेखक, दमकका अग्रज होमियो चिकित्सक हुन् । )

Leave a Reply

Your email address will not be published.