दमकमा लिटल प्रिन्स एन्ड प्रिन्सेसको ग्रान्ड फिनाले सम्पन्न

दमक ,२ भदौ । झापाको दमकमा सम्पन्न द लिटल प्रिन्स एण्ड प्रिन्सेस २०२३ को ग्रान्ड फिनालेबाट सिनियरतर्फको उपाधि हेमखमा राई र रवि टुडुले उचालेका छन् भने जुनियरतर्फ आङछिमा लावती र एडम राईले उचालेका छन् । अडियन्स च्वाइस तर्फ अनाय कोइरालाले उपाधि उचाल्न सफल भएकी थिइन् ।
ग्ल्यामरस नेपाल इभेन्ट म्यानेजमेन्टद्वारा आयोजित दमकस्थित गोर्खा डिर्पाटमेन्ट स्टोरको सभाकक्षमा गत शनिबार सम्पन्न फिनालेको सिनियर गल्र्सतर्फ आरुसी भट्टराई फ्रष्टरनरअप र सुभाना शेर्मा र अनाय कोइराला सेकेन्ड रनरअप भइन् । त्यस्तै जुनियर गल्र्सतर्फ उश्ना मगर फ्रष्ट रनरअप र स्वीकृति राई सेकेन्ड रनरअप बनिन् । जुनियर व्याइजतर्फ यक्ष अग्रवाल फस्र्ट रनरअप र सम्राटजंग बस्नेतले सेकेन्ड रनरअपको उपाधि प्राप्त गरेको ग्ल्यामरस नेपाल इभेन्ट म्यानेजमेन्टका म्यानेजिङ डाइरेक्टर आशिम ज्वयल श्रेष्ठले बताए । उनले बालबालिकाको क्षमता विकास र अभिबृद्धिका लागि लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए । गल्र्सतर्फ नुमा राई र बोइजतर्फ रवि टुडुले बेस्ट ड्रेस अवार्ड जितिन् । सोसल मल्टिमिडिया अवार्ड आरोही सेडाईले प्राप्त गरिन्।
कार्यक्रममा सबटाइटलतर्फ जुनियर गाल्र्समा आरोही सेडाई बेस्ट पर्फमेन्स, आङछिङ लावती मोस्ट इन्टेलिजेन्स, जोयर्स गजमेर ब्युटिफूल फोटोजेनिक, डिमन फागो ब्युटिफूल स्माइल, फुङमा लिम्बू मोस्ट ट्यालेन्ट, स्मारिका सुवेदी मोस्ट चार्मिङ, साइमा तामाङ मस्ट क्यूट, उस्ना मगर मस्ट एक्प्रेशन, बर्षा राई लिटल कङ्गनालिटी, फुङमा लिम्बू मस्ट लेटेन्ट, स्वीकृती राई ब्युटिफुल वाल्क, हेमा राजवंशी लब्ली फोज अवार्ड जित्न सफल भइन् । जुनियर बोइजतर्फ सम्राटजंग बस्नेत मोस्ट हेन्डसम, एडम राई मोस्ट ट्यालेन्ट अवार्ड जित्न सफल भए । यस्तै, सिनियर गल्र्सतर्फ नमु श्रेष्ठ लिटल कङ्गनालिटी, आरोसी भट्टराई ब्युटिफूल पर्सनालिटी, तुमिना लिम्बू ब्युटिफूल वाल्क, ईस्मा खड्का बेस्ट डिसिप्लिन, श्रृष्टी लिम्बूले बेस्ट एक्स्प्रेसन, अनाय कोइराला मस्ट इन्टेलिजेन्स, एसिका लिम्बू बेस्ट फ्रेन्डसिप, हेमखमा राई मस्ट टेयालेन्ड, नुमा कन्दङवा मस्ट ग्यामरस, पवन लिम्बू मस्ट कनफिडेन्ट, नतसा कोइराला मस्ट क्यालिग्राफी, सुवानी बज्रचार्य बेस्ट पर्फमेन्स, सिनियर बोइज तर्फ क्रिश्यल राई बेस्ट फ्रेन्डसिप अवार्ड प्राप्त गरे ।
प्रतियोगितामा निर्णायकको रुपमा ड्रेर्स डिजाइनर आशा बानिया उप्रेती, गीतकार तथा नायक प्रकाश घिमिरे र मोडल तथा डान्सर प्रनिषा उदास रहेका थिए । कार्यक्रममा प्रमुख अतिथीको रुपमा दमक नगरपालिकाकी उपमेयर रेगीना भट्टराई प्रसाईको प्रमुख आतिथ्यता तथा विशिष्ट अतिथिमा कर्नर स्टोन फाउण्डेशनका प्रिन्सिफल रोहित गजमेर, सुष्मा लिम्बू गजमेर, एभरेष्ट बोडिङ स्कुलका प्रिन्सिपल एलेक्स प्याकुरेल, २०२२ का प्रिन्सेस रोषना डाँगी, पाथिभरा सशस्त्र प्रहरी बलका डिएसपी गोपाल पोखरेललगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा गायिक सन्तोष रायामाझीको बेजोड प्रस्तुति रहेको थियो भने नेवारी लाखे नाँचबाट कार्यक्रमको स्वागतम नृत्य प्रस्तुत गरेका थिए ।
कनकाई नगरपालिका नेवाः मिसा दवूकी संस्थापक अध्यक्ष कविता श्रेष्ठको तभएको समाजसेवी अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन कोरियोग्राफर लक्ष्मण ज्वयल श्रेष्ठले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.